मुर्गियामा असोज १५ देखि दशै मेला

1.3K

मुर्गियामा असोज १५ देखि दशै मेला

sainamaina

ललित पाण्डेय/

सैनामैना, ९ असोज । सैनामैना–४ मुर्गिया रुपन्देहीमा दशै मेला हुने भएको छ । सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा दोस्रो दशै मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

हिन्दु नेपालीहरुको महान् पर्व विजया दशमीको अवसर पारेर हुने मेलाको तयारी तिव्र गतिमा अगाडि बढेको आईतबार पत्रकार सम्मेल गरि आयोजकले जानकारी गराएको हो । सैनामैना ४ मुर्गियामा रहेको पर्राेहा उच्च मावीको खेल मैदानमा असोज १५ देखि १९ गते सम्म मेला सञ्चालन हुने छ । मेला सफल पार्नको लागि राज बहादुर क्षेत्रीको संयोजकमा ५१ सदस्यीय मुल आयोजक समिति सहित १४  उपसमिति गठन गरेको छ ।

मेलामा सर्वसुलभ रुपमा विभिन्न खाद्य पदार्थ तथा लत्ता कपडा, स्थानीय स्तरमा उत्पादन हुने मह, घिउ तथा कृषि सम्बन्धी विभिन्न स्टलहरु रहने र उपभोक्ताहरुलाई बाहिर बजार भन्दा ५ देखि १०  प्रतिशत सम्म छुटको ब्यवस्थापन गरिने मेला संयोजक तथा संघका अध्यक्ष राज बहादुर क्षेत्रीले बताउनुभयो ।

पांच दिन सम्म सञ्चालन हुने मेलामा दशै तिहारको पहिचान बोकेको लिङ्गे पिङ्ग, बाल उद्यान हाउजि विङ्गो तम्बोला सहित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने छ । मेलामा स्थानीय स्तरमा उत्पादन भएका बस्तुका स्टलहरुलाई विशेष प्रथामिकता दिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

यस स्थानको पहिचान बोकेको थारु समुदायका विभिन्न परिकारको लागि होटल पनि सञ्चालन हुने उहांको भनाई छ । मेलामा १७ र १८ गते खुल्ला कबड हलका खेलाडी बाहेकको ब्याट्मिन्टन प्रतियोगिता सञ्चालन हुने छ ।

मेलामा अहिले सम्म ६२ स्टल दर्ता भईसकेको स्टल दर्ता तथा बाल उद्यान निर्माण उपसमिति संयोजक प्रेम खड्काले जानकारी दिनुभयो । मेलामा प्रवेशको लागि सर्वसाधारणको लागि २० रुपैया, विद्यार्थीको लागि १० र बालक तथा जेष्ठ नागरिकलाई छुट गरिएको छ । संघले गत वर्ष पनि दशै मेला आयोजना गरेको थियो ।