
गुल्मी कार्तिक । पिपलधारा चौतारी सम्पर्क समिति विश्व संञ्जाल गुल्मीको आयोजनामा पिपलधारामा सार्वजनिक सुनुवाई तथा राहात र सम्मान कार्यक्रम सम्पन्न भएको छ । गाविस भित्रका सबै राजनितिक दल,सरकारी कार्यालयका प्रमुख एवं सरोकारवाला निकायको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका महासचिव राजेन्द्र खड्को अध्यक्षता गाविस अध्यक्ष इश्वरी प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पिपलधाराको विकासका लागि सबै पक्ष एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
गाउको विकास निमार्णमा हुने भ्रष्टाचार,ठिलासुस्ती र वादविवादको अन्त्यका लागि यस्ता खालका कार्यक्रमहरु महत्वपुर्ण हुने उनिहरुको भनाईछ । आपसी विवाद खिचातानी एवं राजनितिक स्वाथबाट प्रेरित हुदां पिपलधारा सोचे अनुशार विकासको पथमा अघि बढ्न नसकेको तर्क उनिहरुको रहेको थियो ।जिल्लामा रहेका सबै सरकारी कार्यालयका प्रमुख एंवं प्रतिनिधिहरुले पनि जनअपेक्षा अनुशारको सेवा प्रवाहका लागि सक्दो पहल गर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले सबै जनताको साथ लिएर गाविसको विकास निमार्णमा अघि बढ्ने बताउनु भयो । उहांले गाविस कार्यालयले अव बर्षको दुई पटक अफ्नै खर्चमा सार्वजनिक सुनुवाई गर्ने प्रतिबद्धता जनाउनु भयो । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य नविन जिसी,गांउ सभापती हरि वहादुर थापा, नेकपा एमाले गांउ सचिव विक,माओवादी केन्द्रका अध्यक्ष रत्न प्रसाद खनाल,राप्रपा अध्यक्ष टान वहादुर केसी,हेपो ईन्चार्ज प्रेम खनाल, गणेश मावीका प्रअ बाबुराम खनाल,शिक्षक केशवराज दनाल,नरेन्द्र थापा,तिलक खनाल, अतिरिक्त हुलाक कार्यालयका इन्चार्ज कृष्ण खनाल लगायतले सर्बसाधारणहरका प्रश्नको जवाफ दिएका थिए । सो अवसरमा पुर्व गाविस उपाध्यक्ष प्रेम वहादुर थापा,मधुसुधन खनाल,सुजन थापा,तेजेन्द्र घिमिरे, लगायतले बोल्दै गाउका विकासका लागि राजनितिक दलहरुको एकताको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रमको पत्रकार विक्रम खड्को सहजिकरण सुर्य खड्कोे संचालन,भरत केसीको स्वागत एवं स्थानिय कमिटिका अध्यक्ष वावुराम जिसीको सहअध्यक्षतामा सम्पन्न भएको थियो ।सो अवसरमा गणेश मावीका ६० जना,ज्ञानोदय मावीका २० जना विद्यार्थीहरुलार्य सम्मान गर्नुका साथै दुवै विद्यालयका उत्च्कृष्ट दुई दुई जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरि सोहि समारोहमा विपन्न पिपलधारा वडा न ५का सावित्रा मुखियाको परिवारललाई आर्थिक सहयोग स्वरुप बाख्रो प्रदान गरिएको महासचिव खड्काले बताउनु भयो । संस्थाले गांउको विकासका लागि केहि वर्षदेखि निरन्तर अभियानहरु संचालन गरेको छ । एम्बुलेन्स संचालन, असाहाय तथा विद्यार्थीहरुलाई आर्थिक सहयोग,चेतानामुलक कार्यक्रमहरु गर्दै आएको छ ।
