बुटवल,कांग्रेस नेता तथा पूर्बअर्थमन्त्री डा.रामशरण महतले छिमेकी देशका राष्ट्रप्रमुख नेपाल आउंदा सरकारी बिदा दिने प्रचलन गलत भएको बताएका छन् ।’नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सरकराले गरेको यस्तो निर्ण गलत भएको टिप्पणी गर्दै सकेमा सच्चयाउदा राम्रो हुने धारणा राखेका छन्. ।उनले चैत्र भित्रै चुनाव गर्नुपर्ने बाध्यता रहेकोभन्दै अब यथास्थितीमै भएपनि चुनाव गर्नुपर्ने बताए । स्थानीय पुनर्संरचना महत्वपूर्ण कार्यभार भएको भन्दै उनले सरकारले गम्भीर पहल नगरेको बताए । भावनामा बगेर मात्रै नहुने र परिवर्तनका नाममा अस्थिरता ल्याउनु नहुंने उनको कथन छसरकार गठननै मधेशको माग सम्बोधनका लागि हो । अहिलेको यौटा महत्वपूर्ण काम मधैस आन्दोलनको संबोधन नै हो । सबैदलको सहमतिमा यो काम हुनुपर्छ ।कांग्रेसको सहयोगमा बनेको माओबादी नेतृत्वको सरकारले एकलौटी निर्णंयहरु घोषणा गरेकोमा बिरोध गर्दै सरकारको आलोचना गरे ।कांग्रेसले सरकारमा हैसियत देखाउनुपर्ने बताए । लोकमान प्रकरणमा कांग्रेस न्यायधिश भएकाले अहिलेनै पक्ष वा बिपक्ष भनेर भन्ने बेला नआएको उनको भनाइ छ ।।कार्यक्रम सभापति बिक्रम खड्काको अध्यक्षता तथा सचिब कबिन्द्र नेपालको संचालनमा भएको थियो ।