बुटवल, कार्तिक । रुपन्देहीको देवदह २ ढेकारमा एक सुत्केरी महिलाको कुटपिटबाट ज्यान गएको छ । गएराती १ बजेको समयमा लुटेराहरुको समुहले २ महिनाकी सुत्केरी २४ बर्षिय नमकला पाण्डेलाइ कुटपिट गरेर ४ तोला सुना समेत लुटेर लगेका छन् ।
दुई महिनाकी छोरी दुध खान नपाएर रोएपछि मात्र अर्काे कोठामा सुतेका निमकलाका ससुरा देवीप्रसाद पाण्डेले थाहा पाएर ततल प्रहरीलाइ खबर गरेका थिए । पाण्डेलाइ धारिलो हतियार प्रयोग गरि दाहिने कानमाथि काटिएको छ ।कुटपीटबाट घाईते भएकी उनकोे उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटबलका डिएस िमुकुन्द मरासिनीले बताए । सो समुहले पान्डेले लगाएको सुनको सिक्री ,मंगलसुत्र लगायतका गरगहना लुटेर लगेका छन् । घरमा सासु ससुरा अर्काे कोठामा सुतेका थिए भने उनको श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा दुबइमा छन् । लुटेराहरुको खोजीकार्य तिब्र भैरहेको प्रहरीको भनाई छ ।