बुटवल कार्तिक । साना तथा घरेलु उद्योगहरुको प्रवद्धन भएमात्र देश आर्थिक सम्बृद्धिको वाटामो लाग्ने शनिबार यहां आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । देशललाई अघि बढाउनका लागि नेपालका साना तथा मझौला उद्योगहरुको भुमिका निकै महत्वपुर्ण रहेको उनिहरुको भनाई रहेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि व्यवस्थापिका संसदका सांसद आदित्यनारायण कसौधनले देशमा विधिको शासन स्थापित गरि विकासको वाटोमा अघि बढाउनु पर्ने बताउनु भयो ।
उहांले देशललाई व्यूरोक्रेसीले नचाईरहेको तर्क गर्दै देशको आर्थिक खाका बनाएर अघि बढ्न ढिला भैरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेशिक अध्यक्ष नेत्र पाठकले आज देशमा स–साना ईलाम गर्ने व्यवसायीहरु निकै मर्कामा रहेको बताउदै उनिहरुको प्रवद्धनका लागि राज्यले ध्यान दिनु पर्ने बताउनु भयो ।
शुभ दिपावली, छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महिला समितिका प्रदेशिक अध्यक्ष शान्ती शर्मा, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेश अधिकारी,तिलोत्तामा उद्योग बाणिज्य संघका उपाध्यक्ष लक्ष्मण अर्याल, महासंघका पुर्व अध्यक्ष चन्द्रलाल श्रेष्ठ, पत्रकार बिक्रम खड्का, महिला उद्यमी समितिका अध्यक्ष मञ्जु भुषाल लगायतले बोल्नु भएको थियो ।
महासघका अध्यक्ष कन्हैयालाल कसौधनको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष धुव्र धितालको स्वागत तथा महासचिव टंकनाथ अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

