रुपन्देहीमा दिनैपछि हिंसात्मक घटना र लुटपाट, बनकट्टामा शव भेटियो, देवदहमा हत्या प्रयास

1.3K

रुपन्देहीमा दिनैपछि हिंसात्मक घटना र लुटपाट, बनकट्टामा शव भेटियो, देवदहमा हत्या प्रयास

14906936_1124563954295512_5346426188148005733_n

बुटवल,कार्तिक ।बुटवल उपमहानगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बुटवल ५ गोलपार्कका वीरबहादुर गुरुङ गएराति मृत अवस्थामा फेला परेका हुन् ।
mबल(ायगलम(मभबम(बत(बितभ(अयलनचभकक(mष्लष्कतभचबुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमाना बुटवल १४ को बराह पुलमुनि गुरुङको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।उनको शिरमा गम्भीर चोट लागेको छ । गुरुङको हत्या भएको अनुमान गरिएको छ ।घटनाका विषयमा अनुसन्धान भइरहको प्रहरी नायव उपरीक्ष मुकुन्द मरासिनीले बताए । एक हप्ताको अवधिमा बुटवलमा तीन जनाको हत्या भएको छ ।

रुपन्देहीको देवदहमा फेरी एक महिलालाई लुटेराको एक समूहले हत्या प्रयास गरेका छन् । देवदह नगरपालिका ३ सेमरहनाकी २३ बर्षिय दीपा थापालाई आईतबार १ बजे राती धारिलो हतियार प्रहार गरि हत्या प्रसाय गरेका हुन । लुटेराहरुले थापाले कानमा लगाएको १ तोला बराबरको सुन लुटेर लगेका छन । लुटेराहरुले टाउकोमा धारिलो हतियार प्रहार गरि गम्भिर घाईते बनाएका छन् । घाईते थापाको भैरहवा मेडिकल कलेजमा उपचार भइहेको छ । थापाको एक महिनाको छोरा छन् । उनी गुल्मीबाट देवदहमा माईतमा आएकी प्रहरीले जनाएको छ । देवदहमै शनिकार राती सोही प्रकृतीबाट २ महिनाकी सुत्केरी २४ बर्षिय नमकला पाण्डेलाई कुटपिटबाट मृत्यू भएको थियो । उनको साथबाट ४ तोला सुन लुटेर कुटपिट गरि हत्या गरेका थिए । सोही प्रकृतिको घटना तीन दिनपछि दोहरिएपछि सो क्षेत्रका सर्वसाधरण त्रसित भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द मरासीनीले उस्तै प्रकृतीको घटना दोहरिएकाले प्रहरीको थप सक्रियता बढाइएको बताउनुभयो उहाँले चाडपर्वको बेला आपराधिक घटना बढ्न सक्ने भएकाले पहिल्यैदेखि सर्वसाधरणलाई रातको समयमा ढोका लगाएर मात्र सुत्न आग्रह गरिएको तर त्यसको पालना नगर्दा दुःखद घटना भएको बताउनुभयो । उहाँले अनुसन्धान अगाडि बढेकाले अपराधि पक्राउ पर्ने बताउँदै गाउँ टोलामा नयाँ मान्छे देखेमा वा असुरक्षित भएको महसुस भए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ । तिहारमा चाडवाड मनाउने बेला लुटेराहरुले हत्या गर्दै लुटपाट गर्न थालेपछि सर्वसाधरणमा त्रास उत्पन्न भएको हो ।