बुटवलको अञ्चल अस्पतालमा एनआईसियु सेवा अब सरकारी अस्पताल बलियोहुनु पर्छ–गगन

1.3K

बुटवलको अञ्चल अस्पतालमा एनआईसियु सेवा अब सरकारी अस्पताल बलियोहुनु पर्छ–गगन

gagasnnnबुटवल कातिक । स्वास्थ्य मन्त्री गगन थापाले सरकारी अस्पतालहरु बलियो हुनुपर्नेमा जोड दिएका छन् । अस्पताल मात्र खोलेर स्वास्थ्य क्षेत्रका समस्याको समाधान हुन नसक्ने भन्दै, साधन र स्रोतको सही परिचालन गरेर सरकारी अस्पताललाई बलियो बनाउनुपर्ने बताए । लुम्बिनी अञ्चल अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) सेवाको शुक्रबार उद्घाटन गर्दै मन्त्री थापाले अधिकांश सरकारी अस्पताल र तिनीहरुले प्रवाह गर्ने सेवाबाट जनताले राम्रो सेवा लिन नसकेको भन्दै अब सरकारी अस्पताल सबै क्षेत्रबाट चुस्त हुनुपर्ने बताए । ‘अस्पताल र स्वास्थ्य सेवामा पहु“च भएकाले पनि भरपर्दो र गुणस्तरीय उपचार सेवा नपाएको गुनासो गर्ने गरेका छन्’ मन्त्री थापाले भने, ‘उपचारका लागि डाक्टर मात्र राम्रो भएर हु“दैन, टीम नै राम्रो र स्वास्थ्य सेवा पनि बलियो हुनुपर्छ ।’
उनले तत्काल अञ्चल अस्पताललाई आफ्नै फार्मेसी छिट्टै गर्न आग्रह गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता समेत रहेका मन्त्री थापाले निजी अस्पताहरुले दिने भनिएको १० प्रतिशत निःशुल्क सेवा तत्काल लागु गर्न आग्रह गरे । ‘कुनै पनि निजी अस्पतालले १० प्रतिशत फ्रि बेड र फ्रि सेवा लागु गरेको पाइएको देखि“दैन” थापाले भने, ‘त्यो नगरेमा अस्पतालको नविकरण पनि हु“दैन र अस्पताल चल्न पनि पाउ“दैनन ।’ मन्त्री थापाले प्रत्येक नागरिकको स्वास्थ बिमा लागू गर्ने समेत सरकारको कार्ययोजना रहेको जानकारी दिए ।
उनले बाल मृत्यु दर घटाउन सरकारी सबै अस्पताहरुमा एनआइसियू सेवा सुरु गरिने बताए । थापाले एनआइसियूले बाल शिशु मृत्युदर घटाउने बताए । एनआइसियू कक्षमा उमेर नपुगेर जन्मेका नवजात शिशु, जन्मदा बित्तिकै सास फेर्न नसक्ने, अत्याधिक जण्डिस भएका र जटिल संक्रमण भएका शिशुहरुको उपचार हुन्छ । यसैविच स्वाथ्य मन्त्री गगनकुमार थापाले बुटवलको लुम्बिनी अञ्चल अस्पताललाई लुम्बिनी स्वाथ्य विज्ञान प्रतिष्ठान बनाउने अभियानमा आफ्नो पुर्ण साथ र सहयोग रहेको बताएका छन् ।
अभियानले बुटवलमा अयोजना गरेको कार्यक्रममा बोल्दै उनले अभियान सफल हुने विश्वाश समेत दिलाए ।
कार्यक्रममा बोल्दै संसद अब्दुल रज्जाकले लुम्बिनी अञ्चल अस्पताल सबै साधन स्रोतले सम्पन्न् भएकोले यसललाई प्रतिष्ठान बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै उक्त अभियानका अभियान्ता मुक्तीराज पौडेलले अस्पतालको स्तरबृद्धि गरि विज्ञान प्रतिष्ठान बनाउनका लागि लुम्बिनीका जनताको एउटै आवाज रहेको भन्दै ति जनताको भावनालाई सम्बोधन गर्न सरकारललाई आगं्रह गरे ।

gagannnnn