कर्मचारी सहकारीको साधारण सभा

1.3K

कर्मचारी सहकारीको साधारण सभा

15064973_1213185875386697_66101654_oबुटवल । कर्मचारी बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ । संस्थाको कार्यालय बुटवल योगिकुटीमा भएको साधारण सभामा बोल्ने वक्ताहरुले कर्मचारीहरुको सहकारी भएकाले यसललार्य नमुना सहकारी बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हकारी डिभिजन प्रभुख नेत्रप्रसाद घिमिरेले सहारीको मर्म र भावना अनुशार संचालन गर्न आग्ह गर्दै त्यसका लागि धेरै भन्दा धेरै सदस्यहरुललाई समावेश बनाउनु पर्ने बताउनु भयो । उहांले सहकारीको माध्यमबाट योगदान दिन सकिने भन्दै समाज रुपन्तरणका लागि सहकारी शशक्त भएको बताउनु भयो ।संस्थाका अध्यक्ष जिवनाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रिय सदस्य कृष्णप्रसाद तिमिल्सिना ,गणेश भण्डारी, जिल्ला अध्यक्ष मोहन प्र नेपाल,शिक्षक संघका उपाध्यक्ष कृष्ण पंगेनी, स्वाथ्यकर्मी संघका जिल्ला अध्यक्ष विश्व बन्दु विनय, सचिव शिव कु पंगेनी लगायतले बोलेका थिए । कुल एक सय ४५ जना सदस्य रहेको रहकारीललाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने सदस्य भोजराज न्यौपानेले बताए ।