बुटवल, ११ मंसिर । ढकिया कृर्षि ऋण तथा बचत सहकारी सस्था, बुटवल १६–साविक सेमलार)को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन नयां नेतृत्व चयन गरि आज सेमलारमा सम्पन्न भएको छ ।
अधिवेशनले पुनःबिरबहादुर थापामगरको अध्यक्षतामा ९ सदस्यीय नयां कार्य समिति चयन गरेको हो । जसमा उपाध्यक्ष गनबहादुर राना, सचिवआशा थापा, कोषाध्यक्ष यमकला पल्ली र सदस्यहरुमा क्रमशःललिता दगौरिया, शिवबहादुर थापा, दिलबहादुर थापा र पुन्यवति मर्चाहा रहनु भएको छ ।
अधिवेशनले विशेष सल्लाहकारमा देउराम गाहा, पदम थापा, युवराज सारु, बेदप्रकाश थापा, जयबहादुर छन्त्याल, मानबहादुर थापा, रामप्यारी थारु, बहादुर छन्त्याल, होमबहादुर मर्चाहा, दिलबहादुर खाम्चालाई चयन गरिएको छ भने श्रmण समितिको संयोजकमा तेजबहादुर थापालाई चयन गरिएको छ ।
संस्थाका अध्यक्ष बिरबहादुर थापाको अध्यक्षता, सचिव आशा थापाको सञ्चालन, उपाध्यक्ष गनबहादुर रानाको स्वागत तथा मंगलमय बचत तथा ऋण सहकारी सस्था, बुटवल –१२ कालिकानगर,रुपन्देहीका अध्यक्ष होमबहादुर गलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साना किसान सहकारीका अध्यक्ष रामप्रसाद रेग्मी, सस्थाका सल्लाहकार देउराम गाहा, युवराज सारु, बेदप्रकाश थापा लगायतले बोल्नु भएको थियो ।