
ललित पाण्डेय/
सैनामैना, १४ फागुन । शहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा नेपाल विद्यार्थी संघले आज तालाबन्दी गरेको छ । सैनामैना ८ कलौनीमा रहेको क्याम्पसमा आज बाट अनिश्चितकालिन तालाबन्दी गरेको ईकाई सभापति अर्जुन भुषालले जानकारी दिएका छन् ।
नेविसंघका सह सचिब सञ्जय चौधरीलाई अज्ञात समुहलले अपहरण गरि कुटपिट गरि मानसिक तनाब दिएको भन्दै नेविसघंले तालाबन्दी गरेको जनाईएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै आउदा घर दैलो कार्यक्रममा हिडेर घर फर्कने क्रममा सञ्जय चौधरीलाई बिहीबार राती अज्ञात समुहले अपहरण गरेको नेविसंघले जनाएको छ ।
यसै घटनालाई लिएर नेकपा माओबादी सालझण्डी गाँउ कमिटीले प्रेस बिज्ञप्ती मार्फत उक्त कार्यको घोर निन्दा तथा भ्रत्सना गरेको छ । सालझण्डी गाउँ कमिटी ईन्चार्ज नेत्र प्रसाद घिमिरेको हस्ताक्षर सहितको बिज्ञप्तीमा भनिएको छ ब्यक्तिको स्वतन्त्रपुर्ण आफ्नो बिचार राख्न पाउने जस्तो मानवअधिकार बिरुद्ध गरिएकोे कार्य निन्दनिय भएको भन्दै यस्तो अमानविय कृयाकलापमा संलग्न ब्यक्ति वा समुहलाई तत्काल पत्ता लगाई कानुनी कार्वाहिको लागि प्रशासंन सँग जोडदार माग गर्दछौं ।
त्यस्तै थारु कल्याण कारिणी कार्य जिल्ला कार्य समितिको आज बसेको बैठकले पनि घटनाको छानविन गरि दोषीलाई कारबाहीको माग राखेको छ । बैठकले आज प्रेस विज्ञप्ती जारी गरि भनिएको छ थारु समुदायको होनहार सृजनशिल विद्यार्थी सञ्जय चौधरी माथि भएको घटनामा सग्लंलन कारबाही गर्न माग गरेको छ । बैठक पछि कल्याणकारणीका जिल्ला सभापति रामबलीले हस्ताक्षर सहितको बिज्ञप्तीमा घटनाको घोर निन्दा गरिएको छ ।
यता क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले आजै जारी गरेको प्रेस बिज्ञप्तीमा नेविसंघले तालाबन्दी गरि चुनाब स्थगित गराउन खोजेको लेखिएको छ । छ वटा बाम विद्यार्थी सङ्गठनले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गरि सञ्जय चौधरीको घटनालाई लक्षित गरि चुनाब भाड्नलाई तालाबन्दी गरिएको बताईएको छ । बिज्ञप्तीमा ताला खोली सहजपूर्ण बातावरणमा विद्यार्थीको हकहितको निम्त्ती चुनावी प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासनलाई आग्रह गरिएको छ ।
क्याम्पस प्रशासनमा ताला लागेको र स्थिती असहज भएको प्रति क्याम्पस प्रमुख दिनेश पन्थीले दुःख प्रकट गरेका छन् । सबै बिद्यार्थी संगठनहरु मिलि चुनाव हुने बातावरण बनाउन पनि सम्बन्धीत सबैमा आग्रह गरेका छन् । सहज बातावरण श्रृर्जना भएमा आफु रात दिन खटेर भए पनि यही १८ गते चुनाव गराउन तयार भएको क्याम्पस प्रमुख पन्थीले जानकारी दिएका छन् ।