तिलोत्तमा गोल्डकपको उपाधी संकटालाई

1.3K

तिलोत्तमा गोल्डकपको उपाधी संकटालाई


तस्विरहरु कबिन्द्र नेपाल

बुटवल, २१ फागुन । तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगिताको उपाधी संकटा क्लवले चुमेको छ । आज भएको फाईनल प्रतियोगितामा आर्मीलाई हराउदै संकटाले उपाधी चुमेको हो । उपाधी संगै संकटाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित कप हात पारेको छ ।

उपविजेता बनेको आर्मीले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । पहिलो हाफको २९ औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा आर्मी उपविजेतामा सिमित बन्न पुग्यो । आर्मीले लिएको अग्रता संकटाका निराजन खड्काले पहिलो हाफको अन्तिममा वरावरीमा पुराएका थिए । संकटाकै खड्काले गरेको दोस्रो गोल नै तिलोत्तमा गोल्डकप चुम्म काफी बन्यो ।

२०३३ सालवाट शुरु भएको तिलोत्तमा गोण्डकप प्रतियोगितामा विभागिय तीन टिम सहित १० टिमको सहभागिता रहेको थियो ।