
खेमानन्द पाठक/
बुटवल, १६ चैत । कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको चौथो सम्मेलन तथा अधिवेशनले १६ बुंदे स्याङ्जा घोषणापत्र जारी गर्दै माधव प्रसाद पाठकको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा रामकान्त पाठक, उपाध्यक्षमा जीवन पाठक, माया पाठक, हरीकला पाठक, दयाराम पाठक, महासचिवमा डाक्टर गणेश पाठक, सचिवमा टिकाराम पाठक, सहसचिवमा काशिराम पाठक, कोषाध्यक्षमा नेत्रप्रसाद पाठक रहेका छन् । यसै गरी सदस्यहरुमा रुक्मागतपाठक, तेजप्रसाद पाठक, जगन्नाथ पाठक, टंकप्रसाद पाठक, झविलाल पाठक, शिवकुमार पाठक, मणिप्रसाद पाठक, जयप्रकाश पाठक, चन्द्रकान्त पाठक, नेत्रप्रसाद पाठक, मणिप्रसाद पाठक रहेका छन् । यस्तैगरी सुरज पाठकको संयोजकत्वमा महेन्द्रनगर पाठक र दुर्गाप्रसाद पाठक रहेको ३ सदस्यीय लेखा समिति गठन गरेको छ । साथै अधिबेशनले निबर्तमान अध्यक्ष रोमणी प्रसाद पाठकलाई संरक्षकमा चयन गरेको छ ।

स्याङ्जाको वालिङनगरपालिका १३ उदियाचौरमा भएको केन्द्रीय सम्मेलनमा पाठक समाज भित्रका चौरासी पुजा गरेका बृद्ध बृद्धा, विशिष्ट श्रेणी प्राप्त गर्ने विधार्थीहरु, अधिकृत तह सरह काम गरेका विशिष्ठ व्यक्तित्व, उद्योगपतिहरुलाई सम्मान गरिएको थियो । साथै सोहि कार्यक्रममा पाठक समाज भित्र रहेका विभिन्न व्यक्तिहरुले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।
अधिवेशनले आगामी दिनमा प्रतिघर दैनिक रु एक संकलन गर्ने, पाठक समाज भित्रको विशिष्ट श्रेणी प्राप्त गर्ने विधार्थी, अधिकृतहरु, उद्योगी व्यवसायीहरुलाई सम्मान गर्ने, कुल पुजालाई व्यवस्थित गर्ने, असोज बार्ने सगोल भित्र विहेवारी नगर्ने लगायतका १६ बँुदे स्याङ्जा घोषणापत्र जारी गरेको छ । वि.स. २०५५ सालमा स्थापित यस समाजमा आबद्ध भाईवन्धुहरु देशमा बिभिन्न १७ जिल्लामा छरिएर रहेका छन् । देशको विभिन्न भागमा छरिएर रहेका सहगोत्रीय भाइवन्धु बिच नयाँ पुस्ता र पुराना पुस्ता बिचमा आपसी सद्भाव बन्धुत्व चिनजान मुख्य उद्वेश्य समाजको रहेको निबर्तमान अध्यक्ष तथा संरक्षक रोमणी प्रसाद पाठकले बताउनु भयो ।