
भैरहवा, २५ चैत । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै आगामी चैत २९ गते भैरहवाको गल्लामण्डी स्थित हनुमान मन्दीर परिसरमा हुने आमसभामा नेपाली कांग्रेसले ५० हजार जनता उतार्ने जनाएको छ ।
उक्त सभा शान्ति र सद्भावकालागि पनि भएको भन्र्दै कांग्रेसले हिमाल, पहाड र तराईबाट समान प्रतिनीधीत्व हुने गरी सभामा जनतालाई ल्याउने बताएको छ । कांग्रेसको केन्द्रीय निर्णय बमोजिम हुन लागेको उक्त आमसभा तथा आमसभाको उदेश्यबारे जानकारी गराउन नेपाली कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव रामकृष्ण खाणँले सविधान कार्यान्वयनको लागी निर्वाचन अपरीहार्य रहेको र तराईमा चुनावी माहोल सिर्जना गर्नमा आमसभाले सहयोग पु¥याउने समेत विश्वास ब्यक्त गरे ।
कांग्रेस कुनै पनि अतीबादको पक्षमा नरहेको तथा मध्यमार्गी पार्टी भएकाले सवैलाई समन्वय गर्दै निर्वाचनमय बाताबरण सिर्जना गराउनकोलागि पनि सवै समुदायको समान प्रतिनीधीत्व हुने गरी सभामा जनतालाई उनले बताए । उक्त आमसभालाई सम्वोधन गर्न सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका केन्द्रीय नेताहरु आउने उनले बताए । कांग्रेस केन्दीय समितिको निर्णय बमोजिम पहिलो चुनावी आमसभा कैलालीमा, दोस्रो भेला दाङ्गको तुल्सीपुरमा र तेस्रो भेला रुपन्देहीको भैरहवामा हुन लागेको हो ।
‘स्थानीय निकाय निर्वाचनकोलागि कांग्रेस पुर्ण रुपमा तयार छ । जनताले पनि निर्वाचन चाहीरहेका छन्, उनले भने–हाम्रो सभाले तराईमा चुनावी माहोल सिर्जना गर्ने छ ।’ कांग्रेसको ५ नम्वर प्रदेस स्तरीय सभा २८ गते तुल्सीपुरमा हुने र भैरहवामा हुने सभामा रुपन्देही लगायत कपिलवस्तु र नवलपरासी जिल्लालाई बढी प्राथमिकतामा राखीएको सचिव खाणँले जानकारी दिए । स्थानीय तहमा रुपन्देहीमा कांग्रेसले आगामी बैशाख १३ गतेभित्रसम्ममा सवै उम्मेदवारको चयन गर्ने र त्यसकोलागि क्षेत्र, नगर तथा बुथ समीतीलाई पत्राचार भईसकेको समेत हुने जानकारी दिए ।
उक्त आमसभाले सविधानमा भएका अन्तरबस्तु, पार्टीको धारणा तथा सवै नेपाली बीच एकता र सद्भावको सन्देस फैलाउने उदेश्य कांग्रेसले लिएको छ । नेपाली कांग्रेसले प्रजातन्त्र, लोकतन्त्र स्थापना, सविधान लेखन, शान्तिप्रक्रीया, सविधान सशोधन तथा हाल अरुदलहरुलाई निर्वाचनमा सहभागी गराउन गरीरहेको पहलका बारेमा जानकारी गराईने छ । आमसभा पूर्व चैत २९ गते बिहान ११ बजे देवकोटाचोकमा जम्मा भई ¥याली र झाकीं सहित गल्लामण्डी गईने छ । उक्त आमसभामा १ हजार भन्दा बढी स्वयं सेवक खटाईने तरुणदल रुपन्देहीका सभापति सोमबहादुर गुरुङ्ग (सेते) ले जानकारी दिए । आमसभालाई सम्पन्न गराउनका लागि गठीत विभिन्न समितीहरुले तयारी तिव्रपारेको प्रचार प्रचार समितिका सयोजक विसेश्वर प्रसाद बस्यालले जानकारी दिए ।
जसमा जिल्ला कार्य समितीका सचिव राम कृष्ण खांणको संयोजक तथा रुपन्देहीका सात वटा क्षेत्रका क्षेत्रीय सभापती सदस्य रहेको यातयात व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै कोषाध्याक्ष दिपक क्षेत्री न्यौपानेको संयोजकत्वमा आर्थिक व्यावस्थापन, जिल्ला सदस्य ओम कुमर श्रेष्ठको संयोजकत्वमा मंच व्यावयापन समिति गठन गरिएको छ । नेपाल तरुण दल रुपन्देहीका सभापती सोम बहादुर गुरुङ्ग तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरु स्वयसेवक समितिमा रहने छन् । भने निर्वाचन घोषणन पत्र तयारी समितीमा हरि प्रसाद काफ्ले संयोजक रहने गरि पार्टीका ७ बटै क्षेत्रका क्षेत्रीय सभापती सदस्य रहेको समिति गठन गरिएको छ ।