काँग्रेस रुपन्देहीले ७ तहमा उम्मेदवारको टुङ्गो लगायो

1.3K

काँग्रेस रुपन्देहीले  ७ तहमा उम्मेदवारको टुङ्गो लगायो

रहवा, /बडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानिय तह मध्ये ७ स्थानिय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
एक नगरपालिका सहित ६ वटा गाउँपालिकाको उम्मेदवारहरुको टङ्गो लगाएको हो । १६ स्थानिय तह मध्ये एक उपमहानगरपालिका, ४ वटा नगरपालिका र ४ गाउँपालिकाको उम्मेदवारहरुको पनि केही दिन भित्रै टुङ्गो लाग्ने नेपाली काँग्रेस रुपन्देहीका सभापित एवं सांसद अब्दुल रज्जाकले जानकारी दिनु भयो ।
नेपाली काँग्रेस रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा मोहम्मद शइद खाँ र उपप्रमुखमा नवबती यादवलाई उम्मेदवार बनाएको छ । खाँ नेपाली काँग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापति हुन् भने यादव लामो समय देखि समाजिक तथा राजनितिक क्षेत्रमा क्रियाशिल व्यक्ति हुन् ।
त्यस्तै कञ्चन गाउँपालिकाको प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा तिर्थ कुमारी थारुले उम्मेदवारी पाएका छन् ।
यस्तै गैडहवा गाउँपालिका प्रमुखमा वसिउल्लाह मुसलमान र उपप्रमुखमा रीता पुनले उम्मेदवारी पाएका छन् । प्रमुखको उम्मेदवार पाएका मुसलमानले नेपाली काँग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रिय सभापति हुन् ।
रोहिणी गाउँपालिका प्रमुखमा अकबाल खाँ र उपप्रमुखमा चक्रवतीदेवी योगीले उम्मेदवारी पाएका छन् ।
मायादेवी गाउँपालिका प्रमुखमा धुव्रनारायण चौधरी र उपप्रमुखमा तारा यादवले उम्मेदवारी पाएका छन् ।
त्यस्तै रुपन्देही काँग्रेसले कोटहीमाई गाउँपालिकाको प्रमुखमा विरेन्द्र कुमार कलवार र उपप्रमुखमा सम्पाति यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मर्चवारी गाउँपालिका प्रमुखमा ज्ञानप्रकाश मिश्र र उपप्रमुखमा श्रीकान्ति बरईले उम्मेदवारी पाएका छन् ।
यस्तै सिद्धार्थनगर नगरपालिकाको (भैरहवा) उपप्रमुखमा माधवी शर्मा वाग्लेले उम्मेदवारी पाएको सभापति रज्जाकले जानकारी दिनु भयो ।
बाँकी रहेका गाउँपालिकाको जिल्ला छनौट समिति र उपमहानगर तथा नगरपालिकाको प्रमुख उपप्रमुखको उम्मेदवार केन्द्रिय छनौट समितीले टुङ्गायाउने छ । त्यसैगरि सिद्धार्थ नगरपालिकाको भैरहवामा नगर स्थितरिय प्रचार प्रसार समिति गठन गरि समाचार डेक्स समेत स्थापना गरिएको प्रचार प्रसार समन्वय उपसमिति संयोजक विशेश्वर प्रसाद वस्यालले बताउनु भयो ।त्यस्तै नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ४ को प्रचार प्रसार कार्यालयको समुदघाटन गरिएको छ ।
मंगलवार कार्यकर्ता विच नेपाली काँग्रेस जिल्ला सचिव रामकृष्ण खाँडले उद्घाटन गर्नु भएको हो ।
उहाँले हिमाल, पहाड, तराईको एकतालाई अखण्ड राख्न नेपाली काँग्रेसलाई जिताउनु आग्रह गर्नुभयो । वडा सभापति अरुणकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडानं.४ का प्रचार प्रसार संयोजक चुन्नप्रसाद पौडेल, क्षेत्रीय सचिव द्वय जोगबादुर खत्री, परमानन्द भटराई , उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जिवन ओझा , विपी प्रतिष्ठानका अध्यक्ष नन्दराम भण्डारी, उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह , बुटवल उपमहानगर पालिका वडा नं.४ का नेपाली काँग्रेसका वडा अध्यक्षका प्रत्यासी अर्जुन रानभाट लगाएतले संविधान कार्यान्वयनको लागि काँग्रेस लाई जिताउन आग्रह गर्नु भएको थियो ।