जनतालाई लाभहुने काम गर्छु : रज्जाक

1.3K

जनतालाई लाभहुने काम गर्छु : रज्जाक

भैरहवा, १२ भदौ । नव नियुक्त खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले छोटो अवधीमा अधिकतम काम गर्ने बताउनु भएको छ । यो बर्ष निर्वाचनको बर्ष भएको र छोटो अवधीको लागि आफु मन्त्री भएको भन्दै उहांले आफु मन्त्री रहुन्जेल जनतालाई प्रत्यक्ष लाभ हुने काम गर्ने बताउनु भयो ।

उहांको सम्मानमा नेपाली काँग्रेस रुपन्देहीले सोमवार भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै राज्यमन्त्री रज्जाकले रुपन्देहीले आफुलाई मन्त्री बनाएको भन्दै बिकासको पहिलो प्राथमिकतामा पनि रुपन्देहीलाई नै राखेको उहांले बताउनु भयो ।

जिल्लामा संचालनमा रहेका खानेपानी आयोजनाको कामलाई तिव्रता दिने, रोकिएका आयोजनाहरु यथासिघ्र सचांलन गर्ने र खानेपानीको सुविधाबाट बन्चित क्षेत्रहरुमा खानेपानी पु¥याउने आफ्नो लक्ष्य रहेको उहांले प्रष्ट पार्नुभयो ।

रुपन्देहीका मुख्य राजमार्ग आसपासमा तुलनात्मकरुपमा खानेपानीको न्युनतम सुविधा रहे पनि भित्री बस्तिहरुमा खानेपानी नपुगेको भन्दै राज्यमन्त्री रज्जाकले ग्रामीण बस्तिमा खानेपानी पु¥याउने कामलाई प्राथमिक्तामा राखेको उहांले बताउनु भयो । नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको सचांलनमा भएको कार्यक्रममा कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले स्वागत गर्नु भएको थियो ।

खानेपानी तथा सरसफाई राज्यमन्त्री भएपछि पहिलोपटक आफ्नो गृह जिल्ला रुपन्देही आउनु भएका रज्जाकलाई भैरहवामा भव्य स्वागत गरिएको छ । नेपाली काँग्रेस रुपन्देहीको पार्टी सभापति समेत रहनु भएका रज्जाक रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
गतहप्ता राज्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आउनु भएका रज्जाकको सोमवार कपिलबस्तु नगरसभा उद्धघाटन गर्ने कार्यक्रम छ ।

राज्यमन्त्री रज्जाकलाई स्वागत र बधाई दिन उहांका शुभेच्छुक तथा पार्टीका नेता कार्यकर्ताहरु भैरहवा स्थित गौतमबुद्ध बिमानस्थलमा पुगेका थिए । बिमानस्थलमा उहांलाई स्वागत तथा बधाई दिन लामो लाईन लागेको थियो । संघर्षसिल राजनीतिक यात्रा बोक्नुभएका रज्जाक राज्यमन्त्री भएकोमा बधाई दिदै शुभेच्छुकहरुले जनताको भावना र अपेक्षा अनुसार काम गर्न सुझाव समेत दिएका छन् ।

यसैबिच राज्यमन्त्री रज्जाकले नेपाल आईडलको टप फाईभबाट बाहिरिएकी रुपन्देहीकी सुजाता पाण्डेको मेहनत र कलाको प्रशंसा गर्नु भएको छ । पहिलो प्रयासमा पनि धेरै प्रतिस्पर्धीलाई पछि पार्दै अगाडी बढेकोमा सुजातालाई बधाई दिदै उहांले आगामी दिनमा हतोत्साहि नभई आफ्नो कला क्षेत्रलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पाण्डे प्रतिभावान कलाकार भएको भन्दै उहांले रुपन्देहीलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सफल भएको बताउनु भयो ।