प्रचण्डलाई काँग्रेससंग पार्टी एकिकरण गर्न बैद्यको सुझाव

1.3K

प्रचण्डलाई काँग्रेससंग पार्टी एकिकरण गर्न बैद्यको सुझाव

बुटवल, भदौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य (किरण)ले पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेससंग पार्टी एकिकरण गर्न सुझाव दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकिकरणकालागि आह्वान गरिरहेका बेला दाहाल कम्युनिष्ट भएको नाटक गर्न र भ्रमको खेती गर्न सिपालु भएको टिप्पणी गर्दै माओवादी केन्द्रसंग एकिकरण गर्ने कुनै आधार नभएको बताउनु भयो ।

क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष बैद्यले नेपालका कम्युनिष्टहरुले बामको आवरणमा कम्युनिष्टको नाम भजाएर कम्युनिष्टकैं वदनाम गरिरहेको बताउंनुभयो ।

सच्चा क्रान्तिकारीहरुबीच एकता र धु्रबिकरण हुंने उल्लेख गर्दै अध्यक्ष बैद्यले एकताका लागि मसाल, विप्लवसंग छलफल चलिरहेको बताउनुभयो । नयां जनवादी क्रान्तिका लागि पार्टीले तयारी थालेको बताउंदैं मुलुकमा शासन व्यबस्था बदलिएपनि राज्य सत्ता नबदलिँदा जनताले सास्ती खेपीरहनु परेको उल्लेख गर्दै अव आफ्नो पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजिबिकाका बारेमा प्रष्ट कार्यदिशा बनाएर अंगाडी बढ्ने बताउनु भयो ।

आफ्नो पार्टी मुलुककैं बैकिल्पक शक्तिका रुपमा उदयमान हुंने दावी गदैं बैद्यले जनताको राज्यसक्ता कायम गराएरै छाड्ने बताउनु भयो । उक्त पार्टीको असोज २१ देखि २५ गते पोखरामा हुंने पार्टीको राष्ट्रिय सम्मेलन हुँदै छ । उक्त सम्मेलनले पार्टीको प्रष्ट कार्यदिशा तय गर्ने उहाँले बताउनु भएको हो ।