
बुटवल, २ असोज । नेकपा माओवादी विप्लवको जनपरिषद रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाका ईन्जिनियर शैलेन्द्र श्रेष्ठलार्ई भ्रष्टाचार गरेको आरोपमा कालोमोसो दलेको छ । नेपाल कम्युनिस्ट पाटी निकट जिल्ला जनपरिषद्ले सोमवार श्रेष्ठलाई कार्यकक्षमा गएर कालो मोसो दलेको हो । स्थानीयको गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्द्वारा वितरित पर्चामा उल्लेख गरिएको छ ।
कालोमोसो दलेपछि श्रेष्ठ विरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको बताईएको छ । सिद्धार्थनगर नगरपालिका मातहतको एडिबिको परियोजना एकिकृत शहरी विकास आयोजनाजना परियोजना कार्यान्वयन ईकायी कार्यालयमा कार्यरत श्रेष्ठले एडिबि परियोजनामा ठेकेदारसंग मिलेर करौडौ रुपैयाँ हिनामिना गरेको, ठेकेदारसंग मिलेर सम्झौता विपरित गुणस्तरहिन काम गरेको जनताको गुनासो आएको, गत हप्ता सिद्धार्थनगरपालिकाको प्रभातपथमा बनेको गुणस्तरहिन कलर्भट जनताले भत्काएको नगरका ढल र नाला बनाउने काममा कमशल सामान प्रयोग गरेको, सरकारी कर्मचारी भएर कार्यालय समयमा पनि निजी विनिता ईन्जिनियरिङ कन्सटेन्सी संचालन गरि सेवाग्राहीलाई ठग्ने गरेको र यस अगाडी कार्यरत सरकारी कार्यालयमा पनि आर्थिक भष्टाचार गरेको र हालको कार्यालयमा पनि भष्टाचार गरि अकुत सम्पती आर्जन गरेको आरोप लगाईएको छ ।
उनी आफ्नै कार्यकक्षमा कुर्सीमा बसिरहेको बेला कालोमोसो लगाइएको पार्टीले जनाएको छ ।