दुई नम्बर प्रदेशको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न

1.3K

दुई नम्बर प्रदेशको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न

काठमाण्डौ, २ असोज । तेस्रो चरणमा सोमबार सम्पन्न दुई नम्बर प्रदेशको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । दुई नम्बर प्रदेशका आठ जिल्लामा बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो ।

छिट्फुट घटना बाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्राय सबै स्थानमा ७० प्रतिशतको हाराहारीमा मत खसेको छ । प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।

सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा थिए । त्यसबाहेक ८ जना उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन् ।