भैरहवा कारागारका पाँच कैदीको कैद मिनाहा

1.3K

भैरहवा कारागारका पाँच कैदीको कैद मिनाहा

भैरहवा, १० असोज । असल चालचलन, शुद्धआचरणमा वन्दी जीवन विताईरहेका पाँच जना कैदीबन्दीलाई भैरहवा कारागारले रिहा गरेको छ । कारागारको सिफारिसमा सरकारले बडा दशैंको अवसरमा ४० प्रतिशत वढी जेल भुक्तान गरेका उनीहरुलाई सजाय माफी दिएपछि कारागारले जेलबाट बाहिर निकालेर घर पठाएको जेलर टेकप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

जेलबाट रिहा हुनेमा रुपन्देहीका ३ जना, पाल्पा र नवलपरासीका एक–एकजना पुरुष रहेका छन् । जेलमा रहेका ४ सय १८ जनामध्ये असल आचारणनमा रहेका मध्ये कर्तवय ज्यान, गौवद्ध, डाँका चोरी, सवारी ज्यान मुद्धा र कुटपिट मुद्धाका ५ जनामात्रै रिहा भएको जेलर देवकोटाले वताउनुभयो । अदालतले कर्तव्य ज्यान मुद्धामा २० वर्षजेल सजाय आदेश गरेका नवलपरासीका मानबहादुर कुमालको ११ वर्ष जेल सजाय मिनाह भई सोमवार कारागराबाट रिहा भएका छन् ।

यसैगरी गाई काटेको अभियोगमा ६ वर्ष जेल परेका रुपन्देही गजेडीका बसन्त भन्ने महेन्द्र भुजेलको आधा कैद सजाय मिनाह भभएको हो । नकवजनी चोरी मुद्धामा १० वर्ष जेल परेका रुपन्देहीका भोटे थापा चौधरीको जरीवाना बापतको हकमा पुरै र कैद ४० प्रतिशत मिनाह भएपछि जेलमुक्त भई घर फर्केका छन् ।

कुटपिट मुद्धाका रामसुमझ मल्लाह, सवारी ज्यान मुद्धाका पाल्पाका लक्ष्मण पौडेलको पनि बाँकी कैद्ध मिनाह गरेको छ । कारागार व्यवस्था विभागको असोज ६ गते प्राप्त पत्रलाई आधार बनाएर भैरहवा कारागारमा थुनामा रहेका मध्ये २५ जना कैदीबन्दी रिहाईकोलागि सिफारिस गरेको थियो । तर कारागार विभागले ५ जनालाई मात्रै रिहा गर्नु भन्ने पत्र आएपछि उनीहरुलाई रिहा गरिएको कागार प्रशासनले जनाएको छ । गणतन्त्र दिवसको अवसरमा समेत ८ जना कैदीबन्दीलाई रिहा गरिएको थियो ।

सय जना क्षमता भएको भैरहवा कारागारमा हाल लागु औषधका एकसय ७९, कर्तव्य ज्यानका ५९, जर्वजस्ती करणीका ६३ जना लगायत विभिन्न १७ वटा कसुर एवं घटनाका तीनसय ९६ जना नेपाली र २१ जना विदेशी छन् ।