
काठमाण्डौ, १० असोज । नेपाली काग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले भै्ररहवामा निर्माणधिन गौतम बुद्ध अन्र्तराष्टिय बिमानस्थलको अधिग्रहणका क्रममा सरकारले लिने मुअब्जा रकममा लाभांस कर नलिन अर्थमन्त्रि, अर्थराज्यमन्त्रि र अर्थ सचिवसंग आग्रह गर्नु भएको छ ।
पुर्वमन्त्रि समेत रहेका केन्द्रीय सदस्य खाणले मंगलबार अर्थमन्त्रालयमा मन्त्रि ज्ञानेन्द्र बहादुर कार्की, अर्थराज्यमन्त्रि उदय शमशेर राणा र सचिव शंकर कोइरालासंग भेटगरी सरकार आफैले जग्गा अधिग्रहण गर्दा प्राप्त हुने रकममा लाभांस कर अव्यवहारिक र अबैज्ञानिक रहेकोले तत्काल हटाउन आग्रह गर्नुभएको हो ।
उहाले बिमानस्थललाई आवश्यक अधिग्रहण गरिसकेको जग्गाको मुअब्जा बिना झण्झट तत्काल स्थानियलाई बितरण गर्न पनि आग्रह गर्नुभयो । पुर्वमन्त्रि खाणले गौतमबुद्ध बिमानस्थल निर्माणमा भएको ढिला सुस्ती अनियमितता जस्ता बिषयमा बिशेष चासो लिएर छिटो गुणस्तरीय काम गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाले किसानले ट्रयाक्टर खरिद गर्दा सेवा शुल्क करको अतिरिक्त अहिले मुल्य अभिबृद्धि कर समेत लाग्न लागेकाले ट्रयाक्टरको मूल्य बढेको उल्लेख गर्दै कृषि प्रयोजनका लागि ट्रयाक्टर खरिद गर्दा मुल्य अभिबृद्धि कर नलिन पनि आग्रह गर्नुभयो ।
सो अवसरमा मन्त्रि, राज्यमन्त्रि र सचिवले पुर्वमन्त्रि खाणले उठाएका बिषयलाई गम्भिर रुपमा लिएको र समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो ।