बुटवल । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा लोकतान्त्रीक प्यानल विजयी भएको छ । लोकतान्त्री प्यानलबाट खिम बहादुर हमाल अध्यक्ष पदमा विजयी हुनुभएको छ । हमालले ८६५ मत प्राप्त गर्नु भएको छ ।
समावेशी तथा साझा प्यानलको तर्फबाट अध्यक्ष पदको उम्मेद्वार कृष्णकुमार श्रेष्ठले मत ६७५ प्राप्त गर्नुभएको छ । हमालेले श्रेष्ठलाई १९० मतले पराजित गर्नुभएको हो ।
निर्वाचन समितीका अनुसार बरिष्ठ उपाध्यक्षमा जयप्रकास गुप्तालाइ पराजित गर्दै उज्ज्वल कसजु ८५० मतका साथ विजयी हुनु भएको छ । उद्योग उपाध्यक्ष पद अनिलप्रसाद श्रेष्ठको पोल्टामा परेको छ । उहाँले ८९९ मत प्राप्त गर्नु भएको छ भने शोभाखर पोखरेलले ६१० मतमा नै चित्त बुझाउनु पर्यो ।
बाणिज्य उपाध्यक्षमा हरिप्रसाद अर्याल विजयी हुनु भएको छ । उहाँले ९०५ मत प्राप्त गर्नु भएको छ । उहाँसंग कृष्ण प्रसाद पौडेल पराजित हुनु भएको छ । पौडेलले ६०५ मत प्राप्त गर्नु भएको छ । संघको महासचिवमा समावेशी प्यानलका विरेन्द्र केशर जोशीलाइ पराजित गर्दै दिनेशप्रसाद श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले ९२१ मत प्राप्त गर्नु भएको छ ।
कोषाध्यक्षमा विमलराज भट्टराईले सवै भन्दा धेरै मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँले १०४८ मत प्राप्त गर्दै गौरीशंकर गुप्तालाई पराजित गर्नु भएको हो । यस्तै सचिवमा साथ कमल प्रसाद पौडेल विजयी हुनु भएको छ । पौडेलले मत ९८३ प्राप्त गर्दा समावेशी प्यानलबाट सचिवका उम्मेदवार भिमराज श्रेष्ठले ५२६ मत ल्याउन भयो ।
एसोसिएट सदस्यमा नविन प्रसाद श्रेष्ठ विजयी हुनु भएको छ ।
कार्य समिती सदस्य उद्योग तर्फ विजयी सदस्यहरु
गोपाल टण्डन, करुण खनाल, निर्मित कसजु, र सञ्जय कलवार विजयी हुनु भएको छ ।
कार्य समिती सदस्य बाणिज्य तर्फ विजयी सदस्यहरु
मनोज ध्वजु, मुक्ति अधिकारी, नरिश्वर पौडेल, र टंक प्रसाद गैरे विजयी हुनु भएको छ ।
खुल्ला सदस्य तर्फ विजयी सदस्यहरु
बावुराम बिक, भेषराज गैरे, प्रकाशकुमार श्रेष्ठ,प्रतिक पोखरेल, शुक्रप्रसाद बस्याल लोकतान्त्रीक प्यानलबाट विजयी हुनु भएको छ भने समावेशी प्यानलबाट सुरज भट्टराई र मञ्जु भुसाल विजयी हुनु भएको छ ।
आगामी तीन वर्षे कार्यकालको लागि असोज २७ गते भएको निर्वाचनबाट लोकतान्त्रीक प्यानलले पदाधिकारी सहित १८ सदस्य आफनो पोल्टामा पार्न सफल भएको छ भने समावेशी तथा साझा प्यानलले आफ्ना २ सदस्यलाइमात्र विजयी बनाउन सफल भएको छ ।