घर बहाल ऐनको स्वागत

1.3K

घर बहाल ऐनको स्वागत

बुटवल, १ कात्तिक। घरबहाल महासंघ नेपालले व्यबस्थापिका संसदको बैठकबाट पारित देवानी कानुनको संशोधन एकिकरण राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणिकरण भएको कुरालाई स्वागत गरेको छ ।

व्यबस्थापिका संसदबाट पारित कानुनको संशोधन एकिकरण सहित बिभिन्न सात वटा विध्येक सोमबार राष्टपति भण्डारीले प्रमाणीकरण गर्नुभएको थियो ।
यो ऐनमा घरधनी र बहालमा बस्ने दुबैको दायित्व प्रष्ट रुपमा तोकिएको र घरमा उपलब्ध भएसम्म पानी तथा विद्युतको आपुर्ति र ढल निकास तथा सरसफाईको व्यबस्था घरधनीले नै गर्नुपर्ने उल्लेख गरिएको छ ।

कस्तो घर बहालमा दिने, लिने, बहालको अवधी, सम्झौता गर्नुपर्ने कुराहरु समेटेर निचाडमा आउनु स्वागत योग्य भएको महासंघका अध्यक्ष शंकर कोईरालाले बताउनु भयो । महासंघले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा ऐनमा घरको भाडा कति लिने, भाडा बृद्धि गर्ने प्रावधान उल्लेख नभएपनि जे जती कुराहरु आएका छन् सकारात्मक रहेको बताउनु भयो ।