छठको मूख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

1.3K

छठको मूख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

काठमाडौं । मुख्य गरी तराईवासी नेपालीको महापर्व छठको  मूख्य दिन निरहार व्रतालुहरुले आज बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

 

नदी, तलाउ तथा पोखरी किनारमा बनाइएका छठ घाटहरुमा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरे ।

भोलि बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ चढाए पछि छठ पर्व सम्पन्न हुनेछ ।

संसार लाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ ।

हिजो बेलुका छठ ब्रतालुहरुले खरना पुजा सम्पन्न गरेका थिए । पूजा पछि माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको ३६ घण्टा लामो निर्जल र निराहार व्रतमा छन् ।

छठको अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले काठमाडौंको कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छन् ।

 

काठमाडौंका कमलपोखरी, गौरीघाट, गुहृयेश्वरी, कुपण्डोलको बागमती किनार लगायतका जलासयमा पुगेर ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन गौरीघाट पुगेर पूजामा सहभागी भएका थिए ।