राष्ट्र बैंकले नागरिक वचतपत्र निष्कासन गर्दै

1.3K

राष्ट्र बैंकले नागरिक वचतपत्र निष्कासन गर्दै

काठमाडौं,/ नेपाल राष्ट्र बैंकले नागरिक वचतपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले साढे पाँच बर्षे अवधिको बचतपत्रमा न्यून ब्याज राखेर ८ प्रतिशत ब्याज दरको वचतपत्र निष्कासन गर्न लागेको हो । वचतपत्र खरीदका लागि कात्तिक १२ देखि मंसिर १ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ब्याज भने प्रत्येक ६ महिनामा भुक्तानी गर्ने छ । साँवा भने २०७९ मंसिर ६ गते भुक्तानी हुने छ । बचतपत्र खरीद गर्न चाहनेले कम्तिमा १० हजार रुपैयाँ बराबरको आवेदन दिनु पर्छ । राष्ट्र बैंकले कुल दुई अर्बको बचतपत्र निष्कासन गर्न लागेको हो ।