‘निर्वाचनमा पर्यवेक्षकले हस्तक्षपकारी भूमिका नखेलौं’

1.3K

‘निर्वाचनमा पर्यवेक्षकले हस्तक्षपकारी भूमिका नखेलौं’

बुटवल, मंसिर । आसन्न प्रतिनीति तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दै निर्वाचन पर्यवेक्षण समिति नेपालले पर्यवेक्षकहरुलाई तालिम प्रदान गरेको छ ।

पाँच नम्बर प्रदेशका प्रर्यवेक्षकहरुकालागि शनिबार बुटवलमा आयोजना गरिएको तालिमको उद्घाटन गर्दै तुलसीपुर उच्च अदालत बुटवल ईजलासका मुख्य न्यायधिस हरिकुमार पोखरेलले पर्यवेक्षकहरुलाई निर्वाचन समितिका काममा हस्तक्षपकारी भूमिका नगर्न आग्रह गर्नुभयो ।

उहाँले लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएकाले निर्वाचनको मर्म र भावना अनुसार आचार संहिताको दायरामा बसेर पर्यवेक्षण गर्न पर्यवेक्षकहरुलाई आग्रह गर्नुभयो । विगतका निर्वाचनमा पर्यवेक्षकहरुले मतगणना स्थलमा समेत हस्तक्षपकारी भूमिका गरेको बताउँदै आचार संहिता अनुसार वाच डगको रुपमा काम गर्न सुझाव दिनुभएको हो ।

कार्यक्रममा निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदिप पोखरेलले अहिले निर्वाचन डन र धनको हात उन्मुख भएको र लोकतन्त्रको संरक्षणकालागि पनि स्वच्छ र स्वस्थ्य पर्यवेक्षण आवश्यक रहेकोमा जोड दिनुभयो ।

लामो समयसम्म पर्यवेक्षण गर्ने २० जना तालिममा सहभागि थिए । नेपाल अधिराज्य भरी निर्वाचन पर्यवेक्षण समितिले सय जनालाई खटाउने र छोटो समयका लागि ३५० जनालाई निर्वाचन पर्यवेक्षणमा खटाउने अध्यक्ष पोखरेलले जानकारी गराउनु भयो ।

निर्वाचन पर्यवेक्षण समितिले पहिलो चरणको निर्वाचनदेखि दोस्रो चरणको मतगणना नसकिँदा सम्म खटाउने तालिम प्रदान गरिएको र छोटो अवधिकालागि निर्वाचनको पहिलो दिनदेखि केन्द्रसम्म मतपु¥याउँदा सम्म पर्यवेक्षकलाई पुन तालिम दिने बताईएको छ ।

तालिममा प्रशिक्षक राजाराम वर्तौला, उज्ज्वल अधिकारी, प्रदिप पोखरेल, बद्रीप्रसाद सिवाकोटीले पर्यवेक्षणको अवधारणा, आचार संहिता, पर्यवेक्षण गर्ने तरिका, काम, कर्तव्य र दायित्व तथा कर्तव्य, गर्न हुने नहुने कामहरुका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।