दैवको लीला – विहेको तीन दिनमै सडक दुर्घटनामा इन्स्पेक्टर जोडीको मृत्यु

1.3K

दैवको लीला – विहेको तीन दिनमै सडक दुर्घटनामा  इन्स्पेक्टर जोडीको मृत्यु

काठमाडौं, ९ मंसिर । सयमले अनेक दुखद खबरहरु ल्याउँछ । यस्तै दुखद खबरहरुको बीचमा शुक्रबार साँझ रुकुमको जीप दुर्घटनाको खबर पनिआएको छ । दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएको र ने ३ जना गम्भीर घाइते भएको दुर्घटनामा परी नव विवाहित एक जोडीको पनि ज्यान गयो । नवविवाहित श्रीमान र श्रीमती दुबै नेपाल प्रहरीको निरीक्षकमा कार्यरत थिए ।

प्रहरी सेवामै नविन श्रेष्ठ र अनिता प्रधानमो प्रेम बसेपछि यही हप्ता विवाह भयो । सिस्ने गाउँपालिका–६, रुकुमकोट निबासी नविनले अनितालाई घर भित्रिएका थिए । विवाहको काम सकेर कर्मक्षेत्रमा फर्कदै गर्दा यो जोडी जीप दुर्घटनामा परेको हो ।

 

त्यसैगरी बाबु छोरा र छोरीको तीनैको पनि मृत्यु भएको छ । मुसीकोट नपा १ का शेरबहादुर श्रेष्ठ, सुरेखा शाह श्रेष्ठ र सुधन श्रेष्ठको घटनास्थमै मृत्यु भएको छ ।
यस्तै मुसीकोट १ कै जनक शाह र त्रिवेणी गापा–१ की यमुना मल्लको पनि मृत्यु भएको छ ।
जीपका चालक र सहचालक र एक अर्का यात्रु गम्भीर घाइते भएका छन् । चालक दाङका प्रेम थापा, सहचालक बाँफिकोट गापा रुकुम पश्चिमका प्रेम केसी र दाङकै टेकबहादुर खत्री छन् । तीनै जना घाइतेको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचारपछि नेपालगञ्ज पठाइएको छ ।
शनिबार साँझ पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसिकोट जाँदै गरेको ग १ ज ४२६० नम्बरको जीप पश्चिम रुकुमको मुनपा ६ कालीमाटी ९सांख० मा ७स्३० बजे दुर्घटना भएको थियो ।