काँग्रेसमा प्रवेशको लहर, एकै वार्डबाट डेढ सय  बढि प्रवेश

1.3K

काँग्रेसमा प्रवेशको  लहर, एकै वार्डबाट डेढ सय  बढि प्रवेश

 

 बुटवल, १५ मंसिर/रुपन्देही जिल्ला क्षेत्र नम्मर ३ मा संयुत्त लोकतान्त्रिक गठवन्धनले प्रचार प्रसारलाई तिव्रता दिएको छ । विहीवार वुटवल उपमहानगरपालीका वार्ड न १७, र १९ , तथा सुद्घोधन गाँउपालिका वार्ड नम्मर २ मा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै लोकतान्त्रिक गठवन्धवाट रुपन्देहीको क्षेत्र नं. ३ ‘ख‘ का प्रादेसिक उम्मेदवार हरिध्वज मल्लले रुपन्देहीको ३ नम्बर क्षेत्रमा लोकतान्त्रिक गठवन्धनका ९५ प्रतिशत जित सुनिश्चित भएको वताउनु भएको छ ।
आफु विकास प्रेमी भएको र यस ठाँउको स्थानीय वासिन्दा भएकाले यहाँका मतदाताले आफुलाई विजयी वनाएर पठाउने आश्वासन दिएको वताउनु भएको छ ।
सुद्घोधन गाँउपालिका वार्ड नम्बर २ मा भएको पार्टी प्रवेश कार्यक्रममा वोल्दै मल्लले कम्युनिष्टहरुले आफुले हार्ने निश्चित भएपछि हडवडाएर हिडेको वताउनु भयो ।
पार्टी प्रवेस कार्यक्रममा नेकपा आदिवासि जनजातिका जिल्ला सदस्य श्याम वहादुर चौधरी,दलित मुक्ति मोर्चा प्रदेस नम्बर ५ का सदस्य तथा माओवादी केन्द्रका रुपन्देही जिल्ला सदस्य पृथ्वि नारायण हरिजन मदेसी जनअधिकार फोरमका क्षेत्रिय सदस्य राम दयाल केवट लगायत १ सय ५० भन्दा बढि विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।