छड सिमेन्टमा भएको मुल्यबृद्धिको बिरोध, शनिबारदेखि बिक्रिवितरण बन्द

1.3K

छड सिमेन्टमा भएको मुल्यबृद्धिको बिरोध, शनिबारदेखि बिक्रिवितरण बन्द

बुटवल, २० पुस। रुपन्देहीका हार्डवेयर ब्यवसायिहरुले आउने शनिबारदेखि हार्डवेयरका पसल बन्द गरेर विक्रि वितरण ठप्प पार्ने भएका छन् । छड तथा सिमेन्ट उद्योगहरुले विनाकारण मुल्यवृद्धि गरेको भन्दै त्यसको विरोधमा हार्डवेयर ब्यवसायिहरुले आन्दोलन स्वरुप आफ्ना पसल बन्द गर्ने भएका हुन् ।

हार्डवेयर ब्यवसायिहरुको संस्था रुपन्देही सिद्धार्थ निर्माण सामाग्री ब्यवसायी संघले बिहिबार रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरि उद्योगिहरुले एकाएक सिमेन्ट र डण्डीमा मुल्यवृद्धि गरेकाले आन्दोलनमा उत्रिनु परेको बताएको हो ।

संघका अध्यक्ष सुनिल मरासिनीले प्रतिबोरा ६ सय २० मा विक्रि हुँदै आएको पिपीसी सिमेन्टको उपभोक्ता मुल्य चुनाव पछि एकाएक ७५० रुपैंया प्रतिबोरा पु¥याएको र छडमा प्रतिकिलो ७२ रुपैंयाबाट बढाएर ८४ रुपैंयाँ भन्दा माथि पु¥याईएको बताउनु भयो ।

रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यवसायी संघले छड सिमेन्टमा भएको मुल्य बृद्धि फिर्ता लिन पटक पटक माग गर्दै आएपनि उद्योगीले सुनुवाई नगरेको व्यबसायीहरुले बताएका छन् । मुल्यबृद्धिलाई नियन्त्रण गर्न माग गर्दै संघले बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएको थियो ।

उद्योगीहरुले बिनाकारण मुल्यबृद्धि गरेपछि त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने भएकाले उपभोक्ताको हितकालागि आफूहरु आन्दोलनमा उत्रिएको संघका उपाध्यक्ष वेदानिधी रिजालले बताउनु भयो ।

सस्तोमा वेचेपनि महंगोमा वेचेपनि व्यबसायीलाई आउने सिमित नाफा आएपनि उपभोक्ताको ढाड सेक्नेगरी सामान बिक्रिगर्न नसकिने उहाँले बताउनु भयो । मुल्य निर्धारण गर्ने तथा बृद्धि गर्ने मापदण्ड हुनु पर्ने भन्दै बिना मापदण्ड तथा बिना आधार मुल्य बृद्धि गर्न वाञ्छनीय नभएको अर्का उपाध्यक्ष विष्णुबहादुर बरालले बताउनु भयो ।

संघले शनिबारदेखि रुपन्देही जिल्लामा छड सिमेन्टको बिक्रि वितरण ठप्प हुने भएकाले छिमेकी जिल्ला कपिलबस्तु तथा नवलपरासीका व्यबसायीका समेत समस्या एउटै भएकाले बिक्रि वितरण बन्द गर्न आह्वान गरेको छ ।