बुटवल ,२१ पुस। रुपन्देहीको देवदहमा एक व्यवसायीको गोली हानी हत्या भएको छ। देवदह–२, ढेकावारमा फर्निचर व्यवसाय गर्दै आएका बलु भनिने बसन्त पौडेलमाथि गोली प्रहार भएको हो ।
गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
मोटरसाइकलमा आएका दुई जनाको समूहले उनको टाउको गोली प्रहार गरी भागेको प्रहरीले बताएको छ । पौडेललाई गोली प्रहार भएलगत्तै फरार अभियुक्त मनोज पुनले टेलिफोन गरी जिम्मा लिएका छन् ।
बुटवलका सञ्चारकर्मीलाई टेलिफोन गरी आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएका हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

