बुटवल, ९ फागुन । बिभिन्न हत्याका मुख्य अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन। रुपन्देहीको देवदहमा प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरीलाई लक्ष्यित गरी फायरिङ गरेपछि जवाफी कारवाहीमा उनी मारिएको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आले पनि मारिएका छन । रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा आज बिहान साढे ३ बजे गम्भिर घाइते भएका पुन र आलेको बिहान साढे ४ बजेतिर लुम्विनी अञ्चल अस्पताल बुटवलमा मृत्यु् भएको प्रहरी प्रमुख ज्ञवालीले बताउनु भयो ।
पुन युवा संघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र संघका नेता तथा युवा व्यवसायी बलु पौडेलको हत्याका मुख्य फरार अभियुक्त हुन ।