बाम गठबन्धन स्वाभाविक : भट्टराई

1.3K

बाम गठबन्धन स्वाभाविक : भट्टराई

बुटवल, फागुन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी केन्द्र र एमालेको पार्टी एकिकरण स्वाभाविक भएको टिप्पणी गर्नुभएको छ ।

शनिबार पार्टीको विस्तारित बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञाशामा डा. भट्टराईले दुई पार्टी एक भएपनि त्यसबाट मुलुकको समृद्धि सम्भव नभएको दावी गर्नुभयो ।

मुलुकको दुईतिर उच्च बिकासका प्रतिस्पर्धी मुलुकहरु भारत र चिनलाई रहेकाले भूराजनीति ठिकसंग मिलाउन नसक्दासम्म मुलुक चेपुवामा परिरहने उल्लेख गर्दै अहिलेका सत्ताधारी राजनीतिक दलहरुसंग त्यो क्षमता नरहेको बताउनु भयो । उहाँले त्यसकालागि आफूहरु सक्षम रहेको समेत दावी गर्नुभयो ।

मुलुकमा एउटा राजनीतिक क्रान्ति पूरा भएपनि केही अपूर्ण रहेको प्रतिक्रिया दिनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र संसदलाई पूर्ण समानुपातिक प्रणालीबाट मात्रै बिकास र समृद्धिको जग बस्ने उल्लेख गर्नुभयो ।