रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १,३४१ पुग्यो

1.3K

रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १,३४१ पुग्यो

रसुवामा आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४१ पुगेको छ । बाढी तथा पहिरोमा परी हालसम्म ४ हजार ९ सय ९६ जना हराइरहेका छन् ।
यहि भदाै १० गते रसुवाकाे भाेटेकाेशी नदिमा अकस्मात आएकाे बाढीले ठूलाे जन धनकाे क्षेती पुर्याएकाे छ । उक्त विनाशकारी बाढी आएकाे आज १२ दिन पुगेकाे छ । उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ । हालसम्म १ हजार १ सय १४ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ ।
बाढी तथा पहिरोमा परी घाइते भएका ६ सय ७५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
खोजी तथा उद्धारका लागि २१ हजार ४ सय ६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । उद्धार टोलीले प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी, उद्धार तथा राहत वितरणलाई निरन्तरता दिइरहेको जनाएकाे छ ।