जनताको भावना विपरित काम गर्दिन : मन्त्री थकाली

1.3K

जनताको भावना विपरित काम गर्दिन : मन्त्री थकाली

finalllll
बुटवल, भदौ । नेपाली कांग्रेसका नेता तथा वाणिज्य मन्त्री रोमी गौचन थकालीले सरकारमा रहदां पार्टिको प्रतिष्ठा बढ्ने गरि काम गर्ने बताउनु भएको छ । उहांले जतिदिन सरकारमा रहेपनि जनताको पक्षमा मात्र काम गर्नै जिकिरि गर्नु भयो ।

जनताललाई सर्बशुलभ सेवा प्रवपाह गर्ने काममा आफ्नो कुनै कसुर वांकी नराख्ने भन्दै मन्त्री थकालिले जनताको हित विकपरित काम गर्नु पर्ने अवस्था आए आफु कर्ची छोड्न तयार हुने समेत बताउनु भयो । नेपाली कांग्रेस क्षेत्र न ४ रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री उहांले यस्तो बताउनु भयो ।

उहांले बुटवलमा वाणिज्य कार्यालयको सेवा लिन भैरहजा जानु पर्ने वाध्यताको अन्त्यका लागि सक्दो पहल गर्ने समेत बताउनु भयो । निकै धेरै राजनितिक परिर्वतनहरु भए पनि जनतामा अझै पनि अनुहुती हुने गरि परिर्वतन नभएको भन्दै उहांले त्यसका लागि सबैको भावना अनुशार सरकार अघि बढ्नु पर्ने बताउनु भयो ।

स्थानिय पार्टि कार्यकर्ताहरुले राखेको गुनासो सम्बोधन गर्दै मन्त्री थकालिले अहिलेको सरकारले स्थानिय निकायको निर्वाचन, भुकम्पबाट भएको क्षतिको पुननिमार्ण तथा नेपाली जनताले भोग्नु परेको स्थानिय समस्याको समाधानका लागि काम गर्ने बताउनु भयो ।

क्षेत्रिय सभापती हरि लम्शालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रृुेस रुपन्देहीका सचिव रामकृष्ण खांण, नगरसभापती खेलराज पाण्डे, महाधिवेशन प्रतिनिधि युवराज गिरि, जिल्ला सदस्य माया गौतम, वडा सभापती चित्रवहादुर वर्मा लगायतले धारणा राख्नु भएको थियो । कार्यक्रमको संचालन सचिव विक्रम केसी तथा स्वागत परशुराम ढकालले गर्नु भएको थियो ।