Monday 25th March 2019
  • New title for a=>html, img=>alt
  • समाचार

    सहरको दसैँको कारुणिक कथा

    (सिबी अधिकारी) काठमाडौँ, ६ कात्तिक । दोलखाकी कमला सुवेदीमा दसैँको कुनै रौनक छैन, न उत्साह र खुसियाली नै छ । चिसो बिहानी र दिउँसोको चर्को घाममा इँटाको धुलामा रुमलिएर दिनभर ग्राहकको प्रतीक्षा नै उहाँको दैनिकी बनेको छ । भूकम्पले घरबास पुरेपछि दुई छाक टार्नकै लागि राजधानीमा सङ्घर्षरत भई तीन महिनादेखि वसन्तपुर दरबार क्षेत्रमा परेवालाई दाना

    मधेस बन्द, हडताल र नाकाबन्दीले छेकेन दसैं पर्व मान्नेलाई

    अजयकुमार साह/ धनुषा/“भरखरै भूकम्पको सामना गरेर दसैंको स्वागत गरिरहेका नेपालीको मनोबल यो बन्द, हडताल र नाकाबन्दीले तोड्न सक्दैन,” क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी नमिता उप्रेती भन्छिन् । विगत ६८ दिनदेखिको महोत्तरीसहित तराई मधेसका जिल्ला मधेस बन्दको चपेटामा परेका भएपनि अहिलेको असहज परिस्थितिमा समेत विजयादशमी मनाइरहेकी उप्रेतीको उमङ्गमा कुनै कमी देखिएन । उप्रेतीले रु २५० प्रति लिटरको पेट्रोल

    अार्थिक र सामाजिक विकासमा केन्द्रित : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताएका छन् । वडादसैं २०७२ का अवसरमा राष्ट्रपति डा. यादवले दिएको शुभकामना सन्देशमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच

    लोडसेडिंग मुक्त बनाउन लगानी मैत्री वातावरण -उर्जा मन्त्री रायमाझी

    अर्घाखाँची  । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझिले जलस्रोतको धनी देस नेपाललाई लोडसेडिंग मुक्त देस बनाउन उर्जामा लगानी मैत्री वातावरण सृजना गर्ने बताउनु भएको छ । उहाले देस तथा बिदेसका लगानीकर्ताहरु खोजेर जलबिद्युतको उत्पादन गर्ने काम पहिलो प्राथमिकताका साथ अगाडी बढाउने र उर्जामा लगानी मैत्री वातावरण सृजना गर्ने बताउनु भयो । बिजयादशमी मनाउन गृह जिल्ला

    कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ- कांग्रेस

    काठमाडौ, कात्तिक ३/नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उपयूक्त उम्मेदवार खडा गर्ने स्पष्ट पारेका छन्।रिपोर्टर्स क्लब नेपालले कोइराला निवास महाराजगंजमा आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘तपाईँहरु ढुक्क हुनुस, कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन्छ। लोकतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयनको लागि पनि उम्मेदवारी दिनु अपरिहार्य छ। हामी अहिले छलफलमा छौँ,

    कूटनीतिक प्रयास जारी छः प्रधानमन्त्री

    बुटवल ,कात्तिक ३ /प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण नेपाली जनताले झेल्न परेको पेट्रोलियम पदार्थलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव हटाउन कूटनीतिक प्रयास जारी रहेको बताएका छन्। देशको ३८ औँ प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका ओलीप्रति बधाई ज्ञापन गर्न तथा मुलुकको वर्तमान अवस्थाबारे उनलाई ध्यानाकर्षणपत्र बुझाउन  प्रधानमन्त्री निवास पुगेका विभिन्न विद्यार्थी

    वार्तामा कांग्रेस सहभागी हुँदैनः कोइराला

    बुटवल,कात्तिक ३/पूर्वप्रधानमन्त्री सुशील कोइरालाले सरकारले गठन गरेको वार्ता टोलीमा नेपाली कांग्रेस  सहभागी नहुने बताएका छन्। महाराजगञ्ज स्थित निवासमा मंगलबार रिपोर्टस क्लबले गरेको साक्षात्कारमा नेपाली कांग्रेसका सभापति समेत रहेका कोइरालाले मुलुकमा जारी समस्या समाधानका लागि भन्दै सरकारले गठन गर्न लागेको वार्ता टोलीमा सहभागि नहुने स्पष्ट पारेका हुन् । प्रतिपक्षी दल भन्दैमा आफुहरु विरोधका लागि विरोध गर्ने

    राष्ट्रपतिले टीका लगाइदिने

    काठमाडौँ, कात्तिक ३ /राष्ट्रपति डा रामवरण यादवले विजयादशमी–२०७२ का अवसरमा यही कात्तिक ५ गते बिहीबार इच्छुक सर्वसाधारणलाई दिउँसो १ः३० बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने भएका छन्।राष्ट्रपति कार्यालयले सो दिन उक्त समयमा राष्ट्रपति भवन, शीतल निवासको ढोका खुल्ला रहने जनाएको छ । रासस

    भारतलाई दोष दिन मिल्दैनः राजदुत

    बुटवल ,कात्तिक ३/नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपाली जनताका कारण उत्पन्न परिस्थितिको दोष भारतलाई दिन नमिल्ने बताएका छन्। उपप्रधान एंव परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणबाट फर्किएको दोश्रो दिन मंगलबार राजदुत रेले दुतावासमा पत्रकार सम्मेलन गरी उनले आन्तरिक राजनीतिक समस्याका कारण श्रृजित अवस्थाको दोषी भारत नभएको स्पष्ट पारेका हुन्।   नेपालमा हुने अस्थिरताले भारत प्रत्यक्ष

    आज फूलपाती,शक्तिपीठमा पूजाआजा

    काठमाडौँ, ३ कात्तिक । आश्विन शुक्ल सप्तमीका अवसरमा मङ्गलबार देशभरका शक्तिपीठमा फूलपाती भित्र्याइँदै छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी