लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा दीपक कार्की

1.2K

लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा दीपक कार्की


बुटवल ४,साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिपक कार्कीको अध्यक्षतमा सर्वसम्बत रुपमा नयां कार्यसमिति गठन गरेको छ ।

जसको प्रथम उपाध्यक्ष विजय सापकोटा, द्वितिय उपाध्यक्ष राज केसी, महिला उपाध्यक्ष रितु थापा, सचिव उज्जवल गिरी, सहसचिव विधान कार्की, कोषाध्यक्ष सञ्जय सौगात र सह कोषाध्यक्षमा रेशम खनाल निर्वा्चित हुनु भएको छ । त्यस्तै प्रतिष्ठानको सदस्यहरुमा बसन्त लम्साल, महेश खनाल, रेनु राना मगर, विक्रमबाबु विश्वकर्मा, नन्दु परियार, सुरज थापा, विष्णु श्रीपाली, रामप्रसाद पाण्डे, राजेन्द्र पोखरेल, निरु गुरुङ, आरती रुचाल, देवराज गैरे, अनिल पहाडी, पुनम सुनार, खेमबहादुर श्रीष, भुमा थापालगायत निर्वा्चित भएको निर्वाचन अधिकृत ओमप्रकाश पंगेनीले जानकारी दिनु भयो । त्यस्तै प्रतिष्ठानको प्रवक्तामा दीपक दर्लामी निर्वा्चित हुनु भएको छ ।

नवनिर्वा्चित कार्य समितिलाई निर्वाचन अधिकृत ओमप्रकाश पंगेनीले बधाई ज्ञापन गर्नुभयो ।सोही कार्यक्रममा बोल्दै राष्ट्रिय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्माले बधाइ ज्ञापन गर्दै प्रतिष्ठानको मुल्य मान्यता कायम गर्नका लागि विद्यानको आधारमा काम गर्न आग्रह गर्नुभयो । प्रतिष्ठानका महासचिव सुवास केसीले आफ्नो पेशाप्रति प्रतिवद्व भएर लोक तथा दोहोरी गीतलाई पेशागत रुपमा मर्यादित र व्यवस्थित बनाउनका लागि इमान्दार भएर काम गरेर देखाउन आग्रह गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष दीपक कार्कीले प्रतीष्ठानको गरिमालाई उचो बनाउनका लागि अग्रजहरुको सुझाव सल्लाहा गरी सबै साथिहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।नेपालको मौलिक लोक संस्कृति संरक्षण गर्नुको विकल्प नभएकाले त्यसका लागि आफ्नो कार्यकालमा प्रभावकारी काम गर्ने र त्यसका लागि साथ सहयोगका लागि सबैसंग आग्रह गर्नुभयो ।