‘कृषिकालागि आकासे पानीको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ’

378

‘कृषिकालागि आकासे पानीको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ’

तिलोत्तमा, ७ असार । तिलोत्तमाका सबै वडाहरुमा बुधबार पनि नेपाली काँग्रेस र राष्ट्रिय जनमुक्तिले संयुक्त रुपमा मतदाता भेटघाट तथा कोण सभा गरेका छन । घरदैलोका क्रममा किसानका घर खेतसम्म पुग्नु भएका मेयरका उम्मेदवार रामकृष्ण खाँण र उपमेयर पदकी उम्मेदवार गीता सारु समक्ष स्थानीयल स्थानीयले कृषिका लागि सिचाइ, उन्नत बिउबिजन, मलखातको अभावका कारण कृषिबाटै पलायन हुनु पर्ने अवस्था रहेको गुनासो गरेका थिए ।
मेयरका उम्मेदवार रामकृष्ण खाँणले किसानलाई सम्बोधन गर्दै आकासे पानीको भर पर्नु पर्ने अवस्थाको अन्त्य गर्न सिचाइका प्रभावकारी र दिर्घकालिन योजना ल्याउने प्रतिबद्धता जनाउनु भयो । त्यसकालागि सिंचाई सुविधा लिन सकिने खोला नालाहरूमा बाँध बाँधी सिंचाईको बिस्तार गर्ने, १६÷३६ सिंचाइका नहरहरू पक्की बनाउने, भैलुभुजका बोरिङहरू मर्मत सम्भार गरी संचालनमा ल्याउनुका साथै डिप ट्युवेल जडानलाई प्राथमिकतामा राखिएको खाँणले बताउनु भयो ।
व्यवसायिक कृषिका लागि नगरभित्रै माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने र सबै किसानको पहुँच कायम गरी कृषकहरूलाई भूमि कार्ड वितरण गरिने योजना काँग्रेसले बनाएको छ । कृषि उत्पादनको बजार बिस्तार गर्न एक वार्ड एक हाट र कोल्ड स्टोरेज निर्माणलाइ प्राथमिकतामा राखिएको छ । व्यवसायिक कृषिलाई पर्यटकीय गतिविधिसँग जोडनुका साथै गाई पालन, अष्ट्रिज, मौरी, बाख्रा तथा माछा पालनलाई आवश्यक सहयोग एवम् प्रबर्धन गर्ने योजना रहेको उहाले बताउनु भयो ।
बुधबार तिलोत्तमा नगरपालिकाको वडा १५, १३, १०, ८ लगायतका स्थानमा घरदैलो गरिएको थियो । वडा न १३ का वडाध्यक्ष नारायण ढकाल, १० का व्यासमुनी थारु, ८ का हरीलाल पाण्डे, १७ का दानबहादुर चौधरी, १६ का झविलाल भुसाल, ११ का तेजबहादुर कुवँर क्षेत्रीसंगै मेयर, उपमेयरका उम्मेदवार रामकृष्ण खाँण, गीता सारु, काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँण लगायत जिल्ला क्षेत्र र नगरका पदाधिकारी तथा सदस्य तथा महासमिती, महाधिवेशन प्रतिनिधिहरु पनि सहभागी हुनुहुन्थ्यो ।