मिथ्या सत्य र योगको पराकाष्ट–समाधी

1.3K

मिथ्या सत्य र योगको पराकाष्ट–समाधी

मनोहर पौडेल
आजको बैज्ञानिक र प्रमाणिक परिपाटी बिकसित, आधुनिक समाजको परिप्रेक्ष र भूमण्डलीकरणको प्रभावका बिच मानव जीवन कष्टप्रद र जटिल बन्दै गईरहेको छ ।

सादा जीवन उच्च बिचार; पुरानो कोट लगाउ जस्ता उद्गारहरु व्यबहारिकतामा भन्दा कष्ठका हरफ मै सिमित रहेका छन् । अर्ध बैज्ञानिक, आधुनिक कृतिम–अधिक; प्रमाणहिनताको अवस्था र अपुग ठोसका सिद्धान्तका कारणले मानव निर्मित यस्ता सिद्धान्तहरु बदलीरहेको सत्य हामी माझ विदितै छ ।

शास्त्रीय र वैद्धिक पृष्टभूमिका तर बिदेशमा गई आधुनिक बिज्ञानको छत्र छाँयामा पलेबढेका नव सिकारु कथित बैज्ञानिकहरु वेद र हिन्दुधर्मको आडमा शोध गर्ने तर सत्य लुकाउने प्रबृत्ति वास्तविक पाखण्डपन र आडम्बरी हो ।
पुरातन, जनजातीयता र शास्त्रीय जीवनशैली उपचार बिधि, दर्शन र शिद्धान्त प्रमाण विहिन छन् या सयम असान्दर्भिक छन् भन्नु पाश्चात्य मान्यताको कटु आलोचना मात्रै हो । अधिकांश पश्चिमाहरु हाम्रो (पूर्वीय) जीवन शैली, योग र संस्कृती, सभ्यता, धर्म, पूर्वीय दर्शन र बिज्ञान सिक्न नेपाल भूमि आएको आवस्तविकता हामी माझ छँदैछ ।

नेपाल भूमि ज्ञानको भण्डार हो । योगको सुरुवात लौकिक जगतमा गुरु गोरखनाथबाट यही पुण्य भूमिमा भएको हो । गुरु गोरखनाथ शिवतत्व, शिद्ध तपश्वी योगसन्त हुन् । स्मरण रहोस अष्टाङ्ग योगका खोजकर्ता महर्षी पतञ्जली ऋषि पनि यहि भूमिमा आई योग शिद्ध प्राप्त गर्दै योग सुत्र प्रतिपादन गरेका थिए ।
भूमण्डलीकरण र गलत प्रसारणको अवधारणा तथा उपयोगले पाश्चात्यकरण मौलाएको छ भने हाम्रो पूर्वीय चिन्तन लोपोन्मुख हुँदै गएको छ । अनुकरणात्मक मानवजीवन शैलीमा केवल व्यक्ति परिणाममुखी अधिक र कर्मशिल न्यून भएको छ । अनुशासन र अनुग्रह जस्ता शब्दावली व्यक्तिका शब्दकोषबाट या त अपभ्रम्स भएका छन् या अलप ।

भूमण्डलीकरणको नकारात्मक पक्षलाई अंगाल्ने परिपाटी एशीया, त्यसमा पनि दक्षिण एशीयाका बालबालिका, युवायुवती र शहर केन्द्रित जीवनशैलीमा ढल्केकाहरुमा मौलाउँदै आएको छ । पाश्चात्य जीवनशैलीमा आकर्षित हुने उनीहरुको लगाई–खुवाई, दिनचर्या अर्थात् उनीहरुको जीवनशैलीको बैज्ञानिक अर्थ थाहा नपाई सिको गर्नु अल्पज्ञान र अन्धो अनुशरण हुन जान्छ ।
हाम्रो दैनिक जीवनशैलीमा मात्रै सकारात्मक सुधार ल्याए हामी ९५ प्रतिशत निरोगी र सन्तुष्ट हुन सक्छौं । सादा÷सात्विक खाना, सकारात्मक सोँच, दैनिक व्यायाम, प्रणायाम, सरसफाई, आशनमा सुद्धतालगायतका क्रियाकलापमा सुद्धता जस्ता कुराहरुमा ध्यान दिनु आवश्यक छ । वास्तवमा हामीजस्तो खान्छौं, त्यस्तै सोँच्छौं ।

दृष्टान्तको लागि साकाहारी र मांसाहारी भोजन गर्ने जनावरका बिचमा तुलना गर्न सक्छौं– शाकाहारी प्राणी बनस्पती(घाँस) मात्रै खान्छ, त्यसको स्वभावले पनि त्यसलाई हिंसात्मक हुन दिँदैन भने मांसाहारी प्राणीको स्वभाव र शरीर पनि हिंस्रक हुन्छ । जस्तैः दन्त बनौट, हेराई डरलाग्दा हुन्छन् ।
हो, त्यही खाना हो, जसको सहि उपयोगले हामी निरोगी बन्न सक्छौं, त्यसको सहि उपयोग भएन भने बिषतुल्य हुन सक्छ । वैज्ञानिक, सात्विक, सन्तुलित र पोषक आहारले मात्रै हाम्रो शारीरिक, मानसिक र भावनात्मक स्वाथ्यलाई परोक्ष–अपरोक्ष रुपमा बिकास गर्छ । उचित आहारशैलीले व्यक्तित्वमा पनि सकारात्मक सोँचको बिकास हुँदै जान्छ ।

त्यस्तै हामीले व्यायाम, प्रणायामलाई नियमित रुपमा गरियो भने शरीरका आवरण, आन्तरिक र सुक्ष्म अंग प्रत्यङ्ग र कोषहरुको क्रमशः कान्तिमय, कार्यसम्पादनमा चुस्तता र प्रभावकारी हुँदैजान्छ । मौषम अनुसारको व्यायाम र प्रणायामलाई मिलाउनु पर्छ । सीत प्रदायक प्रणायामहरु जस्तै सीतली सीतकारी प्रणायामहरु जाडो मौषममा त्यति गर्नु उपर्यक्त हुँदैन ।

त्यस्तै जाडो याममा शरीरलाई विस्तारै तताउँदै मध्यम रुपमा व्यायाम गर्ने र तिब्रगतिले व्यायाम गर्न सकिन्छ । तर स्वासप्रस्वास र मुटु रोगीहरुले आफ्नो योग प्रशिक्षक तथा व्यायाम प्रशिक्षकहरुको सल्लाह बमोजिम शारीरिक व्यायाम तथा प्रणायाम गर्न सकिन्छ ।
वास्तवमा मानवजीवनमा सरसफाई अति नै आवश्यक छ । हाम्रो भित्री र बाहिरी शरीरमा शुद्धता आउन आवश्यक छ । सकिन्छ भने नित्य नुहाउनु आवश्यक हुन्छ । खाना पनि मन्जन गर्नु, साधारण खाजा पनि मुख कुल्ला गर्नु, सौचादी पछि सकेसम्म नुहाउनु अथवा गुप्ताङ्गहरु सफा गर्नु आवश्यक हुन्छ । त्यस्तो क्रियाकलापले हाम्रो तन शुद्धि हुन्छ । त्यस्तै भित्री सफाईको लागि आफू भित्रका मनोबिकार जस्तैः अहंकार, घमण्ड, रिसराग, मोह, लोभ लालच लगायतका कुराहरु त्याग्न सकियो भने जीवन जिउन सहज र हल्का हुन्छ ।
हामी प्रत्येक पटक ध्यानमा रहनु आवश्यक छ । हिंड्दा, बस्दा, बोल्दा र सुन्दा सहि तवरले क्रमशः आशन मिलाउने, शव्द प्रयोग राम्रो गर्ने÷दुरबाच्य नबोल्ने, हिँसात्मक भावना अभिव्यक्ति नगर्ने र श्रवण शक्तिलाई प्रवल बनाउनु आवश्यक छ । हाम्रा दुई कान र एक मुख छ ।

जसको अर्थ पनि हामी अधिकतम शुन्ने र कम बोल्ने हो । केवल ईश्वर चिन्तन गर्ने, आत्मा हरेकमा ईश्वर बोध गर्ने; यसलाई बुझ्न कोषिस गर्ने र यहि धारणा गरेमा मात्र हामीमा प्रेम स्वरुप ईश्वर जागृत हुन्छ र ईश्वरीय पथमा हामी अभिप्रेरित भई गतिशिल हुनेछौँ । प्रेमको तरङ्ग पैदाले सतचित्तमा ईश्वरको अंश प्रज्वलित हुन्छ । यहि हो योग, यहि नै हो योगको पराकाष्ट–समाधी ।
(लेखक पतञ्ली योग समिति बुटवलका नगर प्रभारी हुनुहुन्छ ।)