
रुपन्देही २६ कात्तिक ,रुपन्दही क्षेत्र नम्वर ३ वाट लोकतान्त्रिक गठवन्धनवाट प्रतिनिधि सभाका उम्मेदवार दिपक वोहोराले कम्युनिष्टहरुलाई परास्त नगरे जनताले देशको विकासको महसुस गर्न नपाउने वताउनु भएको छ ।
सियारी गाँउपालीकाको छुट्टा छुट्टै वडामा प्रचार कार्यालयको आईतवार उदघाट गर्दै क्षेत्र नम्बर ३ मा लोकतान्त्रीक गठवन्धनवाट प्रतिनिधि सभाका उम्मेदवार वोहोराले कम्युनिष्टहरुलाई परास्त गर्न आफु लोकतान्त्रिक गठवन्धनवाट उम्मेदवार बनेको वताउनु भएको छ ।
रुपन्देहीेको सम्पुर्ण विकास पुर्व रक्षा मन्त्रि बालकृष्ण खाँण र आफुले मात्र गर्न सक्ने भएकाले रुपन्देही वासीले अत्यधिक वहुमतले लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउने उहांले वताउनु भयो ।
सियारी गाँउपाली वडा नम्बर ६ र ७ मा प्रचार कार्यालयको उदघाटनका क्रममा रुपन्देहि जिल्ला क्षेत्र नम्बर ३ ख का प्रादेशिक उम्मेदवार हरीध्वज मल्लले एमाले कहिलेपनि लोकतन्त्रवादी हुन नसक्ने वताउनु भयो ।
रुपन्देहीको विकासको लागि नेपाली काँग्रेसले जिते कहिलेपनि जनताले दुखको अनुभुति गर्नु नपर्ने उहाँले वताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव तथा निर्वाचन परिचालन समिति संयोजक रामकृष्ण खाँण, प्रादेशिक समानुपातिक उम्मेदवार रमा अर्याल,पुष्पा अर्याल लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।
सियारी गाँउपालीका वडा नम्बर ७ का चुनाव प्रचार प्रसार संयोजक विश्व वहादुर वानियाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिपेश वानीयाले गर्नु भएको थियो ।
यसै गरी लोकतन्त्रलाई जीवन्त राख्नको लागि लोकतन्त्र प्रेमीहरुले सोच्ने बेला आएको खानेपानी तथा सरसफाई राज्यमन्त्री एवम् क्षेत्र नंम्बर १ प्रतिनिधि सभाका उम्मेद्धवार अब्दुल रज्जाकले बताउनुभएको छ ।
उहाँले यो समय इतिहास रच्ने समय भएकाले कसैको प्रलोभनमा नपरी जनतालाई आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो ।
नेपाल बिद्यार्थी संघ देवदह आर्दश बहुमुखी क्याम्पस इकाई समितिको बैठकमा बोल्दै उहाँले क्षेत्र नंम्बर १ को विकासलाई समग्र रुपमा गुरुयोजना बनाएर कृषि, औद्योगिक, आवास र शहरी क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो ।
नेपाली कांगे्रस रुपन्देहीका सभापति समेत रहनुभएका रज्जाकले अहिलेको निर्वाचन लोकतान्त्रिक र कम्युनिष्ट शक्तिको बिचमा रहेको हुदाँ लोकतन्त्रलाई साथ दिने कि कम्युनिष्ट शासन निम्त्याउने जनताको हातमा रहेको बताउनुभयो ।
उहाँले क्षेत्र नंम्बर १ को विकासका निम्ति आफ्नो जीवन भरको समय खर्चिने बताउदै जनताको विश्वास र आर्शिवाद लिएर विकास निमार्णको काममा खटिने बताउनु भयो । कार्यक्रममा नेपाली कांगे्रसका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले प्रजातन्त्रको खोल ओढेर साम्यवादी सोचका साथ निरकुंशता लाद्न हिडेको कम्युनिष्ट पार्टीहरुले जनताको भावनासंग खेलवाड गरेको बताउनुभयो ।
उहाँले प्रजातन्त्र र संविधानलाई संकटमा नपार्न लोकतन्त्रवादीहरुको अत्याधिक मत चाहिनेसमेत बताउनुभयो ।
सोही अवसरमा नेविसंघका ईकाई सभापति शंकर गिरीले अहिले सम्म लोकतान्त्रिक लडाई गर्दै आएको नेविसंघले खतरामा पर्न लागेको लोकतन्त्र जोगाउनका निम्ति मरेर लाग्ने बताउदै यो क्षेत्रको विकास लागि नेपाली काँगे्रसको जित अपरिहार्य रहेको बताउनु भयो । निर्वाचनमा सबै नेविसंघका साथीहरु संगठित भएर लाग्ने र पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाली काँगे्रस जिल्ला सदस्य बासुदेव रिमाल, देवदह जेशिसका संस्थापक अध्यक्ष विजय गुरुङ्ग, नेपाल तरुण दलका रामचन्द्र पौडेल, नेपाल प्रेस युनियनका कमल न्यौपाने, नेबिसघंका बिद्यार्थी नेता सचिज पंगेनी, सुरज बश्याल, डिल्लीराम काफ्ले, प्रशान्त रिमाल, संगिता बश्याल लगायतले बोल्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेविसंघका बिद्यार्थीहरुलाई एक जुट हुन र लोकतान्त्रिक गठबन्धनलाई जिताउन लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।