विष्णु पौडेलसंग मेरो तुलना हुनै सक्दैन: युवराज गिरी

1.3K

विष्णु पौडेलसंग मेरो तुलना हुनै सक्दैन: युवराज गिरी

बुटवल, २६ कात्तिक । नेपाली काँग्रेसका नेता क्षेत्र नं. २ रुपन्देहीबाट प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरीले एमाले उम्मेदवार विष्णु पौडेलसंग आफ्नो कुनै कुरामा तुलना हुन नसक्ने बताउनु भएको छ ।

उहाँले आफू लोकतान्त्रिक संस्कारमा हुर्केको बताउँदै एमाले उम्मेदवार पौडेल जस्तो निरंकुस बन्न नसक्ने बताउनु भयो । ‘विष्णु पौडेल जीसंग मेरो कुनै कुरामा तुलना हुनै सक्दैन ।’ काँग्रेस महाधिवेशन प्रतिनीधि समेत रहनु भएका काँग्रेस उम्मेदजार गिरीले भन्नुभयो–‘हरेक कुरामा उहाँलाई म चुनौती दिन चाहन्छु, उचाईम उहाँ अग्लो हुनुहुन्छ, शिक्षा दिक्षामा उहाँभन्दा म धेरै अंगाडी छु, अनुशासनहिनता, निर्लज्जता, अमर्यादामा मात्रै म उहाँभन्दा कमजोर छु ।’

बुटवल उपमहानगरपालिका वडा नं. ७ मा नेपाली काँग्रेसको संपर्क कार्यालयको उद्घाटन गर्दै नेता गिरीले अव्यबस्थित बसोबास, सुकुम्बासीलाई एमाले नेता विष्णु पौडेलले अपमान गरेको समेत आरोप लगाउनु भयो । बुटवल ७ मा सुकुम्बासी जग्गामा बसोबास गरेका एमाले नेता पौडेलले सुकुम्बासीसंग बसेपछि बिचार, व्यबहार सबै उस्तै हुने अभिव्यक्ति दिएर सुकुम्बासीमा बनाएको जग्गा बेचेर अहिले पर्यटकको रुपमा चुनाव लड्न आउने गरेको उहाँको भनाई छ ।

उम्मेदवार गिरीले नेपाली काँग्रेसले जितेको खण्डमा कसैलाई पनि अव्यबस्थित र सुकुम्बासी बन्नुनपर्ने बताउनु भयो । नेपाली जनताले चलाएको आन्दोलनको माम साम्यवाद नभएको र कम्युनिष्ट पार्टी भित्र रहेका लोकतान्त्रिक व्यक्तिहरु पछुताएको बताउँदै नेपाली काँग्रेसको जित सुनिश्चित भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै क्षेत्र नं. २ को १ का प्रदेश सभाका उम्मेदवार काजिमान श्रेष्ठले नेपाली काँग्रेसले रुपन्देहीको क्षेत्र नं. २ मा बिचार, पुँजी र मजदुरको समिश्रण गराएर उम्मेदवार अंगाडी सारेकाले जित सुनिश्चित भएको बताउनु भयो । उहाँले एमाले माओवादीको बाम गठबन्धन देखाउने दाँत मात्रै भएकाले देखिने दाँतसंग नडराउन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

त्यस्तै बुटवल नगर सभापति खेलराज पाण्डेले अहिलेको निर्वाचन जितहारको मात्रै नभएर लोकतन्त्र र साम्यवादको बिचमा भएकाले मतदाताले सोँच्नुपर्ने बताउनु भयो । नेपाली काँग्रेसका वडा सभापति कृष्णप्रसाद ज्ञवालीको सभापतित्वमा भएको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा क्षेत्रीय प्रतिनीधि पदमराज गाहा, सचिव दिनानाथ गिरी लगायतले भनाई राखेका थिए ।

शनिबारदेखि सुरु गरेको घरदैलो सहितको प्रचारप्रसार कार्यक्रमलाई नेपाली काँग्रेसले आईतबार पनि निरन्तरता दिएको छ । सोही क्रममा नेपाली काँग्रेसले प्रदेश सभा २ मा पनि अगुवा कार्यकर्ता भेला गर्नुका साथै उम्मेदवारहरुले भेटघाट कार्यक्रम गरेका छन् ।
क्षेत्र नं. २ को २ मा पर्ने सैनामैनामा नेपाली काँग्रेसले अगुवा कार्यकर्ता भेला गर्नुका साथै सम्पर्क कार्यालय उद्घाटन तथा भेटभाटका कार्यक्रम गरेको हो ।

अगुवा कार्यकर्ता भेलामा बोल्ने वक्ताहरुले अहिलेको लडाई लाकतन्त्र र साम्यवादका बिचमा भएकाले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नकालागि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरीले नेपाली काँग्रेसले जितेको खण्डमा आफूले मन, बचन र कर्मले मुलुक र जनताको जित हुनेगरी कसैलाई काखा पाखा नगरी काम गर्ने वचनवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै प्रदेश सभाका उम्मेदवार महेशमान सिंहले औद्योगिक बिकास र मुलुकको आर्थिक सवलीकरण गर्दै विदेश पलायन भईरहेका युवा शक्तिलाई मुलुकभित्रै रोजगारी सिर्जना गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सैनामैना नगर समितिका सभापति रामप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचन प्रचार प्रसार समितिका संयोजक रामबहादुर कार्की, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, जिल्ला सदस्य फणेन्द्र शर्मा, महिला नेतृ बालकुमारी भण्डारी, नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जिवी जोशी, नेता हरिबहादुर आचार्य, रामवली चौधरी, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठ, जीवनप्रसाद वझा, गुरुप्रसाद पराजुली लगायतले नेपाली काँग्रेसको पक्षमा जनमत तयार गर्नकालागि सबैले आफ्नो ठाउँबाट लाग्नुपर्ने भनाई राखेका थिए ।