बुटवल, ५ असोज । लाईफ एजुकेशन बुटवलको आयोजनामा बुटवलमा वृहत मोटिभेसनल सेमिनार गरिएको छ । विशेषत युवावर्गमा सकारात्मक सोचको विकास गराउदै उनीहरुमा जीवनको लक्ष्य निर्धारण गर्ने क्षमताको विकास गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो ।
करिव २ सय युवाहरुको सहभागिता रहेको कार्यक्रममा मोटिभेसनल स्पिकर तथा लाईफ एजुकेशनका प्रमुख कार्यकारी अधिकृत दिनेश खड्काले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै लाईफ एजुकेशनका प्रबन्ध निर्देशक तेजराज थापाले अहिले युवावर्गमा महत्वकाँक्षासँगै निराशा पनि बढेकोले उनीहरुलाई त्यसबाट बचाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कलाकारहरु अजय कार्की, रुपा रौतार, रिजन पुन, सुजल के.सी., साराशं थापा, किरण विश्वकर्मा लगायतले सांगीतिक प्रस्तुती राखेका थिए ।
सृष्टी थापाको सञ्चालनमा भएको कार्यक्रममा सहभागीहरु दिपक बि.क, संगम खड्का, सृष्टि रायमाझी लगायतले तालिममा हासिल गरेको अनुभव सुनाएका थिए । त्यसैगरी लाईफ एजुकेशनका पूर्व विद्यार्थीहरु प्रशस्तकुमार मिश्र र प्रशंसा भट्टराईले तालिम पश्चात आफूमा आएको परिवर्तनका बारेमा अनुभव सुनाएका थिए ।