काब्रेपोखरीले मनायो बार्षिकोत्सव

काब्रेपोखरीले मनायो बार्षिकोत्सव

काब्रेपोखरी माध्यमिक विद्यालय गुल्मीदरवार २ जुभूङ्ग गुल्मीले मंगलवार ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले खेलकुद, वक्तृत्वकला, विज्ञान प्रदर्शनी, चेतनामुलक नाटक, नृत्य लगाएतका कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा वडा नंं २ का अध्यक्ष हरिहर गौतमले विद्यालयको शैक्षिक तथा भौतिक उन्नतीको लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीराज खड्काले बार्षिक प्रतिवेदन प्रस्तुत गदै सबै क्षेत्रको सहयोगमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा लागेको जानकारी गराउनुभयो ।
त्यसैगरी शिक्षक पुरन बहादुर थापाले एक करोड ८९ लाख वरावरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । नर्सरी देखि कक्षा ६ सम्म अंग्रेजी माध्यममा पढाई हुदै आएको छ । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा अध्यापन हुदै आएको छ । विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्म तीन सय १७ जना विद्यार्थी र २२ जना शिक्षक रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा चन्दादाता क्याप्टेन चन्द्र बहादुर जिसी, नेपाल शिक्षक संघ गुल्मीका सचिव खिम बहादुर थापा, गुल्मी कलाकारका महासचिव श्रीप्रसाद थापा लाहुरेदाई, सुर्योदय माविका प्रधानाध्यापक सन्तोष गौतम, शिक्षक तथा विद्यार्थी कल्याणकारी समिति संयोजक जीत बहादुर खड्का, विद्यालयका पुर्व प्रधानाध्यापक तेजेन्द्र खड्का, सह प्रधानाध्यापक सन्त बहादुर थापा लगाएतले बोल्दै विद्यालयले विभिन्न क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्नु भएको थियो ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share