शिशिर पाण्डे/
आत्मकथा, भाग–१
जीवनको लामो दौरानमा कतिपय समयहरु बिलिन भएर जान्छ त कतिपय समयहरु यस्तो हुदो रहेछ, जुन मन अनि मस्तिस्कको कुनै कुनामा सदाकालागि हैकम जमाएर बसिदिदो रहेछ । समय त्यतिखेर थियो जुन दिन म मेरो देशको राजधानीमा पहिलो पटक पाईला टेक्दै थिए । गाउँका मेरा साथी सुमन, हरि निरजहरुलाई काठमाडौं जादैछु भनेर सायद १०–२० पटक सुनाएको थिए होला । किनकी त्यतिवेला बस चडेर काठमाडौँ पुग्ने कुरा त्यति सानो थिएन । जब म काठमाडौँ कलंकीमा ओर्लिए, मेरा खुट्टा भुइमा थिएनन्, जाडोको मौसम भएकोले सडक छेउछाउमा चिया पिउने को भिडभाड निकै रमाईलो थियो । म पनि चिया पसलेको छेउमा पुगेर ‘दाई १ गिलास चिया’ भन्दै चियाको चुस्की लगाउदै थिए । त्यतिकैमा बुटवलबाट काठमाडौँ आएको बसबाट गलाभरी खैरो गलबन्दी, शिरमा सेतो टोपी, खैरो आखा त्यसमाथि मुखबाट शरीरको तापक्रमलाई नियन्त्रणमा राखी आएको धुवा ज्यानलाई एक किसिमको न्यानोपनको आभास भएको थियो । सायद बढ्दो उमेरसंग रम्न खोज्दै थियो मेरो मन । मनले उनीसंग बोल्न अनि नजिक हुन खोज्ने संकेत दिदै थियो । म जानु पर्ने कोटेश्वर, कोटेश्वर जाने माईक्रो बसहरु छुटिरहेका थिए, उसकै नजरले मन कतै बिचलित हुन सकेको थिएन । रिङरोडको अर्को तर्फ जाने ( गंगबु) तिर जाने बसमा उ चढीसकेपछी उसको रुप, हेराई र मिठो मुस्कानलाई साथ लिई कोटेश्वरको बस चढ्नु बाहेक मसंग अरु कुनै विकल्प रहेन ।
…….
बास्तवमा म डाक्टर बनि देश र जनताको सेवा गर्ने जमर्को गरेर काठमाडौँ आएको थिए । शिक्षामन्त्रालय अन्तर्गत एम.बि.बि.एस इन्ट्रान्स परीक्षा सोहि दिनको दिउसो २ बजे देखि कोटेश्वरमा हुने भएकोले त्यतैतर्फ लागेको थिएँ ।
परीक्षा पश्चात समय मिलाएर त्यो दिन दिन बासै बसेर भएपनि पशुपतिनाथ, स्वयम्भू लगायतका ठाउँहरु घुम्नु थियो । कोटेश्वरको एक होटलमा खाना खाएपछि म परीक्षाकेन्द्र पुगे र परीक्षा हुने समय नभएकोले केन्द्रको नजिकै बसी पुस्तक हेर्न थाले । २ बज्यो सबै साथीहरु भेला हुन थाले र ३ बजे परीक्षा सकियो । मलाई अब जीवनमा पहिलो पटक आएको काठमाडौँ शहरमा धेरै कुराहरुको ज्ञान अनि अनुभवहरु संगालेर फर्किनु थियो । पशुपतिनाथ दर्शनका लागि भोलि बिहानै जाने निर्णय गरे । र त्यो दिन स्वयम्भुको दर्शन गर्न निस्किएँ । स्वयम्भु परिसर पुगेर त्यहाको मन्दिर अनि हस्तकलाहरुलाई बिस्तारै नियाल्दै थिए, त्यतिकैमा मेरो मनमा कैद भएको बिहानको त्यो मुस्कान सहितको हासो अनि मिलेका परेलीमा मेरो दृष्टी पुग्यो संभवत उनि पनि घुम्न नै आएकी हुनुपर्छ ।
(लेखक तिलोत्तमा नगरपालिकामा कारर्यरत हुनुहुन्छ ।)