अस्वस्थामाको मानमर्दन

1.3K

अस्वस्थामाको मानमर्दन

नारायण भट्टराई /

गुरु द्रोणचार्यका छोरा अस्वस्थामा हुन् । गुरु द्रोणाचार्यलाई हर्ष र विस्मात एकै पटक पर्न गएको खण्डमा उनको मृत्यु हुन्छ भन्ने कुरा वर्णन गर्ने गरिन्छ । श्रीकृष्णले मायाले छोपी एक पटक झुटो बोल्न लगाइएको थियो । युधिस्ठिरले ‘नर हो वा कुन्जर हो अस्वस्थामा हतोहत’ अर्थात, मानिस हो या हात्ति हो अस्वस्थामा मरेकै हुन भनेको कारणबाट युधिस्ठिरले एकपटक नर्क देख्नु परेको थियो ।
द्रोणाचार्य पुत्रशोकको कारणले मरे । आफ्नो मालिक दुर्योधनलाई खुसी पार्न म सेना प्रमुख भएर काम गरेको खण्डमा पाण्डवहरुका टाउका काटेर ल्याउछु भनीसकेपछी दुर्योधनले स्वीकार गरे स्विकार गरे । श्रीकृष्णले घुम्न जाऊ भनि पाचपाण्डव र द्रोपदिलाई आज राम्रो दिन छ बाहीर घुम्न जाउ भनी घुमाउन लग्नु भएको थियो । कुटीमा सुतेका पाचवटा द्रौपदिका पुत्र थिए । उनीहरुका टाउका काटि कपडामा बेरेर दुर्योधनको नजिक लगेर खन्याई दिए ।
यस्तो अवस्था देखेर दुर्योधन पनि दुःखित भएका थिए । किनकी ति अबोध वच्चाहरु ठूला भए पछी हामीहरुको पनि तर्पण, पिण्ड दान गर्ने थिए । अर्कोदिन पाच पाण्डव र द्रौपदी आफ्नो वासस्थानमा फर्कदा आफ्ना पाच पुत्र सुती रहेका ठाउमा उनीहरुका टाउका छैनन् खाली गेड मात्र पल्टीरहेका थिए । द्रौपदीले दुःख मानिन र अर्जुनले मैले यस पापीष्ठलाई ठिक पार्छु भनी गान्डिबधनु लिएर रथमा सबार भइ टाउका काटिदिने ब्यक्ति लाइखोज्न हिंडे ।
अर्जुन चडेको रथ श्रीकृष्णले हाँक्नु भएको थियो । अर्जुनको परिक्षा लिन यस पापिष्ठलाई मार्नु पर्दछ भनि अगाडी अगाडी र श्री कृष्णको रथ पछाडी नजिक पुगिसक्ने अवस्थामा आत्तिएर अस्वस्थामाले ब्रह्मास्त्र प्रहार गरे । उनले त्यसलाई फर्काउन जान्दैनथे । अर्जुनले पनि ब्रह्मास्त्र छोडे । दुवै तिरको ब्रह्मास्त्र एक ठाउ हुदा आगो जल्यो र जनताहरूको पनि ज्यान जान सक्छ भनि श्रीकृष्णले ब्रहमास्त्र फर्काउन भन्नु भयो र ब्रह्मास्त्र फकाईयो । तब अर्जुनले अस्वस्थामालाई समाती बाधेर घिसार्दै द्रौपदि सामू ल्याईयो ।
अस्वस्थामालाई वाधेर ल्याएको देखेर द्रौपदी रुन छोडीन र भनिन कसलाई समती ल्याउनु भएको छ । यी त गुरु पुत्र हुन् । गुरु र गुरुपुत्र एकै हुन यिनलाइ छोडिदिनुहोस भनिन् । भिम पनि रिसाई रहेका थिए । श्रीकृष्णले भन्नुभयो पतित वाह्मणलाई मार्नु हुदैन, दोष लाग्न सक्दछ । यिनको टाउकोको मणी निकाली छोडीदिनुहोस् भन्नुभयो । तत्कालै अर्जुनले उनको टाउकाको केहि रहु काटि मणी निकाली छाडी दिनु भयो ।
रनथनीएका अस्वस्थामाले अर्जुनकी बुहारी उत्तराको गर्भमा रहेको बच्चा मार्ने उदेस्यले ब्रह्मास्त्र चलाए । उनी चिच्याउदै श्रीकृष्ण नजिक आइन र वचाउनोस भनिन् । श्रीकृष्णले सुदर्शन चक्रद्वारा सुरक्षा प्रधान गर्नुभयो । पछि बच्चा जन्मियो । त्यहि वच्चाको नाम परिक्षित रहयो । पछि राजा भए । राजवंशमा पुत्रको जन्म भएकाले युधिस्ठिर पनि हर्षित हुनुभयो । ब्राह्मण भोजन र अन्य उत्सव गरि खुसी मनाइयो ।


(यस अम्श लाई महाभारत र भागवत कथाको आधार लिएर तयार पारिएको हो ।)
अस्तु ।