नाग पञ्चमीको महत्व

1.3K

नाग पञ्चमीको महत्व

नारायण भट्टराई /

श्रावण शुक्ल पञ्चमी अर्थात नाग पन्चमी । यस दिनमा नागको पूजा हुन्छ । अघिल्लो चौथीको दिन एकछाक भोजन गर्ने नुहाई धुवाई गर्ने र वस्ने घर पनि लिपपोत गर्ने चलन छ । कहि कतै चौथी को रातमा घरमै बस्ने शुद्ध कपडा ओछ्याउने र ओडने अनि खाटमा नसुत्ने पनि भनिन्छ । पञ्चमीको दिन दिनभर पूजा आजा गर्ने हुनाले उपवास बसिन्छ र रातको समयमा भोजन गरिन्छ । कथन अनुसार सून, चादी, काठ अथबा माटोको कलम वनाई वेसार अर्थात श्रीखण्ड चन्दनको मसी बनाई पाचवटा टाउका भएका पाच नाग तैयार पारिन्छ । पञ्चमीका दिन पञ्चामृत, खीर, कमल, धुप नैवेध्य फूल, अक्षताआदि लिएर नागको विधीवत पूजा गरिन्छ । पूजा सकेपछि पण्डितलाई चोखो मिठो भोजन गराई तृप्त पारिन्छ ।
पञ्चमीको दिन जसले नागको पूजा गर्दछ, उसलाई त्यस दिन पृथ्वीमा खन्ने, जोत्ने, भत्काउने काम वर्जित गरिएको छ । प्राचिन कालमा घरमा गाईको गोवरमा रातो माटो मिसाएर घर भित्र बाहिर लिप पोत गरि नाग देवताको पूजा विधि विधानबाट गरिन्थ्यो । ठाउ अनुसार एउटा लामो डोरी ल्याई त्यसमा सात बटा गाँठा पारेर सर्पबनाई उसलाई एउटा फलेकमाथि सुताईन्थ्यो । बेसार, चन्दन, श्रीखण्ड, चामल, फूल अक्षताआदि चढाएर नाग देवताको पूजा गरिसके पछाडी, काचो दुध, घिउ चिनि मिलाएर त्यहि काठमा (फलेकमा) सुताईएको नागमा चढाउने गरिन्छ । यस समयमा यस मन्त्र वाट नाग देवताको स्तुती गरिन्छ ।

अनन्तम् ,वासुकि, शेषम, पद्मनाभमच, कम्बलम् कर्कोटकम् तक्षकम् ।

पुजा गरिसकेछि नाग देवताको समिपमा आरती उतारने काम गरिन्छ । त्यसपछि काचो दुधमा मह, चीनी अर्थात गुड घोलोर जहा सर्पको बस्ने प्वाल देखिन्छ त्यहाँ लगेर खन्याई दिने र त्यहाको माटो निकाली चुलाचौका घर आदि कुनामा ल्याई गिलो माटोको नाग बनाई राख्ने । चामलको पिठोबाट पनि यस्तो आकृती बनाउन सकिन्छ । यसपछि घिउ, गुड आदि दिएर पूजा गर्ने, दक्षिणा फूल राख्ने गरिन्छ । घिउमा मुछिएका वत्तिको आरती वनाई दीपदान गर्ने गरिन्छ ।
कुनै ठाउमा कागजमा नाग बनाइ माथिपट्टी चन्द्र, सूर्य र छेउ पट्टि नागकन्या, भ्यागुता, खजुरी, गंगटो, विच्छी आदिका आकृती वनाइन्छ । नाग भने विभिन्न थरिका वनाईन्छ । नाग पञ्चमीको दिन जौ, तिल, कूस, जल, अक्षता पञ्चामृत, बत्ती, सुपारी, पैसा, फूल रातो, पहेलो केसरि आदि जम्मा गरेर नाग देवताको पूजा गरिन्छ र घरको मूलढोकाको छेउमा गाईको गोवर, दुबो, धजा, पैसा, टिका गराई टास्ने गरिन्छ । पूजा गर्दा निम्न मन्त्र उच्चाहरण गरिन्छ ।

अगस्तेश्य, पुलेतेस्य, वैशंपाय नमेवच । सुमन्तुर्जै मुने चैव पञ्चेत बज्र पारका, अनन्तो वाशुको पद्म महापद्म, ततक्षक, कुलिर, कर्कट संख अस्टनाग, पद्म नाग, कालिनाग, प्रकृतिता ।

यसरी पूजन गरिएको नागको तस्वीर घरमा राख्नाले सर्पको भय हुदैन । नाग देबताको पूजन गरि ढोकामा टासिदिने पण्डितलाई सिधा, दक्षिणा दिई भोजन गराइ तृप्त पारिन्छ । तान्त्रिक विधिबाट पनि नाग देबताको पूजा गरेको पाइन्छ । खेतवारी, पधेराको एकान्त र सफा ठाउमा दुध आउने वृक्षको तल नागको थान बनाई नागलाई धार दिने प्रचलन छ । त्यस ठाउँमा लिपपोत गरिन्छ, दुई देवताको रुप दुई वटा दशुन ढुङ्गा घर भित्र पट्टी राखिने गरिन्छ । तीन वटा गोवरका नाग देबताका आकृती बनाइन्छ । नाग देबताको कूशको जिब्रो, मासका आँखा, तिलको शरीर, रातो टिका, पहेलो केसरी लगाई राखिन्छ । माथीपट्टि बनाइ राखिएका गाइका गोबरका कुण्डमा बायाँ तिरबाट लाबा, दूध, र अर्कोमा पनि लाबा र रातोटिकाको लेधो बनाइ राखिन्छ । कुनै कुनै ठाउमा पछिल्लो कुन्डमा दहि र घिउ मिसिएको घोल राखिन्छ । घरको माथीपट्टि पातीको लिङो, र त्यसमा एउटा धजो बाध्ने गरिन्छ । पाचवटा कलस, पाचवटा दिया बनाइ बत्ती जलाइन्छ । दिप, कलस, गणेशको पूजा गरिएपछि नागको पनि पूजा गरिन्छ । चन्दन, अक्षता फलफूल पैसा रोटी, गाईको दूध नैवेध्य चढाई पूजा गरिन्छ । अन्तिममा घिउमा मुछिएका ज्योतीको आरती जलाउने चलन छ । यसरी आरती जलाउदा पूजा गर्ने क्रममा कहि छुट भएको रहेछ भने यस आरतीबाट पूरा हुने मान्यता राखिन्छ ।

नाग पञ्चमी सम्बन्धी एउटा पौराणिक कथा यस्तो छ :

भारतको मनिपुर सहरको छेउमा एउटा किसान आफ्नो परिवारसंग रहन्थे । उनले दिनभर खेतबारीको काम गर्ने अनि बेलुका घर आई परिवारकासाथ रहने गर्दथे । उनीहरुमा श्रीमान श्रीमती छोरा र एक छोरी थिए । एकदिन खेतमा काम गर्ने क्रममा किसानको हलोले च्यापेर सर्पको बच्चा र सर्प मरेछन् । नागिन साहै चिन्ता गर्न लागिन । अन्तिममा उनले यसरी विलाप गर्नु भन्दा मैले मेरो श्रीमान र बच्चा मार्नेलाई बदला लिन्छु भन्ने अठोट गरिन । उक्त नागिनले रातको समयमा किसानको घरमा गई किसानकी श्रीमती र दुई छोरालाई टोक्यो । अर्कोदिन नागीनी किसानकी छोरीलाई टोक्न किसानको घर तिर गईन । त्यतिवेला किसानकी छोरी कन्या डराएर एउटा कटौरामा दुध लिएर नागिन को अगाडी राखी दिइन र हात जोडेर मैले गल्ती गरे माफ गर्नुहोस भनि अनुनय विनय गरिन त्यस दिन नाग पञ्चमी परेको रहेछ । नागिन प्रसन्न भईन अनि वर माग म तिमीबाट धेरै प्रसन्न भएँ भनेपछि कन्याले वर मागिन मेरा माता पिता भाईहरु जीवित होउन । त्यसपछि नागिनीले तथास्तु भनेपछि उनिहरू –जीवित भए भनिन्छ । आजका दिन नाग पन्चमीको दिन जसले नागको पूजा गर्दछ उसलाई कहिले पनि नागले टोक्ने डर् नहोस । नागिनले कन्यालाई वर दिएर विदाभई त्यहाँबाट अन्तध्र्यान भईन ।
अस्तु ।