राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले रक्तदान कार्यक्रम गरेकाे छ । क्लवकाे वार्षिक कार्यक्रम अन्तरगत राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा देवदह, राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा रुपन्देही र राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा सुद्धाेदनकाे सहकार्यमा शनिबार बुटवलमा रक्दान कार्यक्रम गरिएकाे हाे ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलमा गरिएकाे रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेकाे कार्यक्रम संयाेजक क्लवकी सहकाेषाध्यक्ष भगवती अर्यालले जानकारी गराउनु भयाे ।
कार्यक्रममा राेटरी डिष्ट्रक ३२९२ का एसिष्टेन्ट गभर्नर जितेन्द्र शर्माले सामाजिक सेवामा अग्रणी संस्था राेटरीले मानवीय सेवाका काममा पनि उत्तिकै जिम्मेवारीका साथ अगाडि बढाएकाे बताउनु भयाे । उहाँले क्लवले रक्तदान कार्यक्रम गरेर मानवीय सेवाकाे उत्कृट कार्य गरेकाे भनाई राख्नुभयाे । त्यसैगरी नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चाैहानले रक्तदानकाे महत्वमाथी प्रकाश पार्नुभयाे ।
क्लवका अध्यक्ष दीपक भट्टराईले सामाजिक सेवाका कामसंगै मानवीय सेवाकाे लागि रक्तदान गरिएकाे बताउनु भयाे । उहाँले क्ल्वले वार्षिक रुपमा रक्तदान गर्दै आएकाे र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयाे । यसरी नियमित रुपमा गरिने रक्तदान कार्यक्रमले रगतकाे आवश्यकता पूर्ति गर्ने बताउँदै नियमित रक्तदान गर्ने संस्कृतिकाे विकासमा जाेड दिनुभयाे ।
त्यस अवसरमा क्लवका उपाध्यक्ष निरञ्जन पाेखरेल, सचिव किशाेरकुमार विश्वकर्मा, सदस्य भिम कुँवर लगायतले रक्तदानकाे महत्व, आवश्यकता र कस्ताे समयमा रक्तदान गर्ने, कस्ताे समयमा गर्न हुदैन भन्ने कुराकाे बारेमा जानकारी मुलक भनाई राख्नुभएकाे थियाे । कार्यक्रममा क्लवका पूर्वअध्यक्षहरु, पदाधिकारी, सदस्य तथा सुभेच्छुकहरुले रक्तदान गरेका थिए ।