दीपमा जुरेसको पुनर्गठन

524

दीपमा जुरेसको पुनर्गठन

बुटवल, बैशाख । बुटवल–१० सुख्खानगर स्थित दीप बोर्डिङ उच्च माध्यमिक विद्यालयमा आज शुक्रबार नेपाल जुनियर रेडक्रस सर्कलको पुनर्गठन गरिएको छ ।
वार्षिक साधारण सभाबाट गठित सर्कलको अध्यक्षमा आकिल भुषाल, उपाध्यक्षमा दिविशा घिमिरे, सचिवमा सुस्मिता पाण्डे, कोषाध्यक्षमा संगम खड्का, सहसचिवमा विज्ञान भट्टराई रहेका छन् । यसैगरी सदस्यहरुमा सफल भण्डारी, कुशल थापा, हिमाल पाण्डे, मनिषा पोख्रेल, बिनिता बस्याल र शुसिला पाण्डे रहेको शिक्षक नायक अर्जुनप्रसाद पन्थले बताउनुभयो ।
पुनर्गठित सर्कललाई शुभकामना दिँदै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले सर्कलले सामाजिक उत्तरदायित्वको काम गर्ने विस्वास व्यक्त गर्दै शुभकामना दिनुभयो ।
सर्कलको सल्लाहकारहरुमा उपप्राचार्यहरु कलाधर अर्याल, ज्ञानु थापा र सुरेन्द्रकुमार शाक्य रहनुभएको छ भने सह शिक्षक नायकमा पुरुषोत्तम पाण्डेय रहनुभएको छ ।