रिसनमा वादबिवाद

1.7K

रिसनमा वादबिवाद

बुटवल जेठ ।

रुपन्देहीको मणिग्राम चारनम्बरमा अन्तर माध्यमीक विद्यालय स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देही एकीकृत विद्यालय संगठन नेपाल (रिसन) को आयोजनामा भएको प्रतियोगितामा रिसन सदस्य विद्यालय र तिलोत्तमा नगरपाालिका अन्तर्गत रहेका १३ बटा विद्यालयको सहभागिता रहेको थियो ।रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको आतिथ्यतामा भएको प्रतियोगितामा कुँवरवर्ती बोर्डिङ्का लक्ष्मण घिमिरे प्रथम, लीटिल प्याराडाईजकी नेहा पुन द्वितीय, अरनिको बोर्डिङ्का मोनिका राना तृतिय तथा र गुड लाईफ बोर्डिङ्की आशा भुजेलले सान्त्वना स्थान हासिल गरेका रिसनका उपाध्यक्ष तथा नवज्योति बोर्डिङ्का प्रिन्सिपल समिर खानले जानकारी दिनुभयो । रिसन रुपन्देहीका अध्यक्ष मधुप्रकाश ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा रिसनका संस्थापक अध्यक्ष डिवि थापा, नवज्योतिका शिक्षक भेषराज कार्की लगायतले भनाई राख्नु भएको थियो ।