रहेनन् आदिवासी अगुवा गोरेबहादुर खपाङ्गी

289

रहेनन् आदिवासी अगुवा गोरेबहादुर खपाङ्गी

Gore death
काठमाडौं, १२ भदौ । आदिवासी जनजातिका अगुवा तथा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको शनिबार निधन भएको छ।

२०७० वैशाख १२ गते मोटरसाइकलले हानेर बिरामी भएदेखि खपाङ्गी बिरामी हुनुहुन्थ्यो । त्यसबेला एक वर्ष अस्पतालमा उपचार गरी उहाँ घर फर्कनुभएको थियो । शनिबार राति उहाँको श्वासप्रश्वासमा समस्या भएपछि १०ः१५ बजे अस्पताल पु¥याइएकामा १२ बजे चिकित्सकले मृत घोषणा गरेको उहाँका ज्वाइँ चन्द्रबहादुर थापा मगरले जानकारी दिनुभयो ।

शनिबार दिउँसो पिसाबमा समस्या देखिएपछि उहालाई अस्पताल लगिएको थियो। ललिपुरको नख्खुमा बस्दै आएका उहांको उपचारपछि स्वास्थ्यमा सुधार नआएपछि न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उहांको मृत्यु भएको हो।

यसअघि नेता खपाङ्गीलाई २०७० साल बैशाख १२ गते नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा सहभागी हुन राष्ट्रिय सभागृह अगाडि पुगेको अवस्थामा अचानक बा ५१ प ६३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। उक्त दुर्घटनापछि उहां अचेत भइ लड्नु भएको थियो ।

तत्काल वीर अस्पतालको इमजेन्सी कक्षमा भर्ना गरिएको थियो। पछि उहांलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।  उपचारपछि उहांको स्वास्थ्यमा सुधार नआएपछि उहांलाई सिंगापुर लगिएको थियो। २०५९ असोज १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विघटन गरी लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा गठन गरेको सरकारमा उहाँ महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुनुभएको थियो ।

राजनीतिमा प्रखरवक्ता रहेका खपाङ्गी पञ्चयातकालमा १४ महिला जेल जीवन बिताउनु भएको थियो । २०४७ सालमा नेकपा९माले० परित्याग गरेर उहां आदिवादीरजनजाति समुदायको पहिचानको आन्दोलनको नेतृत्व गर्नु भएको थियो । खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव र नेपाल मगर सङ्घको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँको अन्त्येष्टिका विषयमा मगर सङ्घको बैठक बसी निर्णय गर्ने तयारी गरिएको उहाँका ज्वाइँ थापामगरले बताउनुभयो ।