उद्योग सञ्चालन गर्ने वातावरण बनाउँछु : उद्योगमन्त्री

1.3K

उद्योग सञ्चालन गर्ने वातावरण बनाउँछु : उद्योगमन्त्री

jci

बुटवलमा जेसीज सप्ताह शुरु
बुटवल, २५ भदौ । उद्योग मन्त्री नविन्द्रराज जोशीले मुलुक भित्र उद्योग सञ्चालन गर्ने वातावरण बनाउन आफूले काम गर्ने बताउनु भएको छ ।

मुलुकलाई समृद्ध बनाउन उद्यमशिलता आवश्यक रहेको र त्यसकालागि वातावरण बनाउन आफू तयार रहेको पनि बताउनु भयो । ‘देशलाई समृद्ध बनाउने हो भने उद्यमशिलता बिकास गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो–‘त्यसकालागि वातावरण बनाउन म तयार छु ।’
उद्योग सञ्चालनका हिसावले पनि मुलुक भित्र राम्रो सम्भावना र शक्ति पनि भएकाले उद्यमशिलताको बिकास गर्ने हो भने समृद्ध मुलक बनाउन धेरै समय नलाग्ने उहाँले बताउनु भयो ।

बुटवल जेसीजले आजदेखि शुरु गरेको जेसीज सप्ताहको उद्घाटन गर्दै उहाँले आफूले उद्योग सञ्चालनको वातावरण बनाउने र युवालाई उद्योगी बनाउने अभियान सञ्चालन गर्न जेसीजलाई आग्रह गर्नुभयो । आन्तरिक स्रोतलाई अधिकतम प्रयोग गर्दै बिदेशमा रहेका युवा शक्तिलाई नेपालमा ल्याएर काम गर्न सकियो भने मुलुकको लागि समृद्धिका ढोका खोल्न सकिने बताउँदै त्यसकालागि उत्पादनमुलक उद्योगमा अत्यधिक लगानी आवश्यक पर्ने बताउनु भयो ।

सरकारको काम वातावरण बनाउने भएकाले आफ्नो मन्त्रालयबाट उद्योगमा लगानी गर्ने प्रयाप्त वातावरण बनाउने बताउनु भयो । ‘कुटिर तथा साना उद्योगलाई संरक्षण गर्दै ठूला उद्योगमा सञ्चालनको वातावरण बनाउनु पर्छ ।’ उहाँले भन्नुभयो–‘युवाहरुलाई उद्यमी बन्ने अभियान सञ्चालन गर्न म आग्रह गर्दछु ।’

जेसीज सप्ताहको पहिलो दिन सामाजिक बिकासमा योगदान पु¥याएका चार जनालाई सम्मान गरिएको छ । बुटवललाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै समाजसेवी गणेशमान सैंजु, स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै मुट अस्पतालका अध्यक्ष एजाज आलम, शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै प्राध्यापक आनन्दमान सिंह शाक्य र नेपालमै नविन व्यबसाय अष्ट्रिज चराको व्यबसायिक पालन गर्नुभएका अष्ट्रिज नेपालका सिपी शर्मालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यहि भदौको ३० गतेसम्म सञ्चालन हुने उक्त जेसीज सप्ताहमा बिभिन्न सामाजिक काम गरि मनाईने कार्यक्रम संयोजक यमप्रसाद तिवारीले बताउनु भयो । अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल जेसीजका निवर्तमान अध्यक्ष जगतबहादुर पोखरेल, एजाज आलम, राजिव गौतम लगायतले भनाई राख्नुभएको थियो ।