कार्वन उत्सर्जन न्यूनिकरणकालागि पराशर्म शुरु

841

कार्वन उत्सर्जन न्यूनिकरणकालागि पराशर्म शुरु

karban-utsarjan-nyunikaran

बुटवल, २५ भदौ । कार्वन उत्सर्जन न्यूनिकरण कार्यक्रमलागि दस्तावेज निर्माण गर्न बन मन्त्रालयले परामर्श लिन सुरु गरेको छ ।

तराईका १२ जिल्ला छनौट गरेको बन मन्त्रालयले रुपन्देहीबाट परामर्श लिन शुरु गरेको हो । रुपन्देहीमा शुक्रबार र शनिबार गरी दुई दिन सम्म परामर्श लिईएको बन सहजकर्ता तथा टिम म्यानेजर भोला खतीवडाले बताउनु भयो । उक्त कार्यक्रममा जिल्लामा रहेका सामुदायिक बन, नीजि बन तथा साझेदारी बन सहित बिभिन्न तहमा रहेर बन सम्बन्धी काम गर्नेहरु र १२ वटै जिल्लाका डिएफओहरु सहभागि रहेको उहाँले बताउनु भयो ।

दुई दिने उक्त कार्यक्रमलाई शनिबार समापन गर्दै बन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले बन संरक्षणकालागि प्रतिवद्धता मात्रै नभएर दृढ ईच्छाशक्ति आवश्यक रहेको बताउनु भयो ।

बनमा बिकृति र विसंगती छन् भन्ने आफ्नो बुझाई रहेको बताउँदै उहाँले आफ्नो जिम्मेवारीमा रहेर काम गर्न मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो । ‘बनमा बिकृति र विसंगति छन् भन्ने मेरो बुझाई छ ।’ उहाँले भन्नुभयो–‘सबैलाई आफ्नो जिम्मेवारीमा रहेर काम गर्न आग्रह गर्छु ।’ उहाँले कथमकदाचित अन्यथा भएमा कडा कदम चल्न आफू बाध्य हुने पनि चेतावनी दिनुभयो ।

दुई दिनसम्म चलेको उक्त कार्यक्रममा राष्ट्रिय बन समुदायलाई हस्तान्त्रण गर्नुपर्ने, आगलागि नियन्त्रण गर्नुपर्ने, यी कुरा गर्नकालागि समुदायमा रहेका व्यक्तिको क्षमता बढाउनकालागि क्षमता बिकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सुशासन सुदृढीकरण गर्नुपर्ने, बृक्षरोपण तथा रोपीएका बिरुवाको संरक्षण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा संगै वैकल्पिक उर्जालाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउनु पर्ने सुझाव सल्लाह प्राप्त भएको टिम म्यानेजर खतिवडा बताउनु हुन्छ ।

उक्त समापन कार्यक्रममा सांसद इन्द्र बानियाँले बनको संरक्षण हुनेगरी पैदावारको प्रयोगलाई व्यबहारिक बनाउन आग्रह गर्नुभयो । उक्त कार्यक्रममा बन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुर, वातावरण तथा जनसंख्या मन्त्रालयका सहसचिव रामप्रसाद लम्साल, बन विभागका महानिर्देशक कृष्ण आचार्य लगायतले कार्वन उत्सर्जन न्यूनिकरणकालागि विभागले महत्वका साथ काम शुरु गरेको बताएका थिए ।